arrow

ट्राफिक नियम उल्लंघन गर्दा प्रियंका गान्धीलाई ९,७६० रुपैयाँ जरिवाना

logo
प्रकाशित २०७६ पुष १४ सोमबार
pr_1577624080.jpg

काठमाडौं । भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी सवार स्कुटीका मालिकलाई ट्राफिक पुलिसले कार्वाही गरेको छ। लखनउ ट्राफिक पुलिसले प्रियंका चढेको स्कुटी मालिकलाई कार्वाही गरेको हो । 

रिटायर्ड आईपीएस अधिकारी दादापुरीको घरमा लैजान लागिरहेका बेलामा कांग्रेस विधायक धीरज गुर्जरले चलाएको स्कुटीलाई ट्राफिकले कार्वाही गरेको हो । 

ड्राइभिङ लाइसेन्स नभएपछि ट्राफिकले २५०० भारु, बिना हेल्मेट चलाउँदा ५०० भारु, नियम उल्लंघनमा ३०० भारु, खराव या फल्टी नम्बर प्लेटमा ३०० र गलत तरिकाले गाडी चलाएकोमा २५०० गरी भारु ६१०० को चिट काटिएको हो। 

शनिबार साँझ गान्धीले लखनउमा पैदल मार्च गरेकी थिइन्। जब पुलिसलाई यस बारेमा जानकारी भयो तब सुरक्षाको व्यवस्था गरिएको थियो । 

प्रियंकाले यस बारेमा आरोप लगाउँदै भनिन्, ‘दादापुरीको परिवारसंग मिल्न जाँदै थिएँ, पुलिसले बीचमा रोक्यो। पुलिसले यो तय गरेन कि म कसरी त्यहाँ जाउँ ? थुप्रै किचकिच भएपछि कुनै हालतमा दादापुरीको घरमा पुगेकी थिएँ ।’ 

उत्तर प्रदेश सरकारले  सुरक्षामा कम्प्रोमाइज गर्दै प्रियङ्काले सस्तो प्रचारबाजी गरेको आरोप लगाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ