arrow

महाराष्ट्रमा मन्त्रिमण्डल विस्तार

logo
प्रकाशित २०७६ पुष १४ सोमबार
maharastra-uddab-thakare-ch.jpg

काठमाडौं । भारतको महाराष्ट्रमा मन्त्रीमण्डल विस्तार हुँदैछ । उद्धव ठाकरे सरकारले एक महिनापछि पहिलो पटक सोमबार मन्त्रीमण्डल विस्तार गर्न लागेको हो । विधानभवन परिसरमा आइतबार राति यसको तयारी पूरा गरिएको भारतीय संचार माध्यमहरुले लेखेका छन् । 

ठाकरेले ३६ नयाँ मन्त्रीलाई सपथ दिलाउने छन् । नयाँ मन्त्रीमा कांग्रेस नेता अशोक चव्हाण, पृथ्वीराज चव्हाण र अजित पवारको नाम अग्रस्थानमा रहेको बताइएको छ । 

गत २८ नोभेम्बरमा मुख्यमन्त्री ठाकरेसंग शिवसेना, कांग्रेस र राष्ट्रवादी कांग्रेसका २–२ मन्त्रीले सपथ लिएका थिए । नियमानुसार महाराष्ट्र सरकारमा मुख्यमन्त्री बाहेक ४२ मन्त्री सामेल हुन पाउने प्रावधान छ । 

हाल मुख्यमन्त्री ठाकरेसंग कुनै पनि विभाग छैन । गृह र उद्योग विभाग शिवसेनासंग छ । वृत्त र ग्रामीण विकास विभाग राकांपालाई दिइएको छ । कांग्रेसलाई राजस्व, पीडब्ल्युडी र उर्जा मन्त्रालय दिइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ