arrow

ल्होसारमा गण्डकी प्रदेशले दियो सार्वजनिक बिदा

logo
प्रकाशित २०७६ पुष १४ सोमबार
pradesh-4_(2).jpg

काठमाडौं । गण्डकी प्रदेशले  तमु ल्होसारमा सार्वजनिक विदा दिएको छ ।  पौष १५ गते मंगलबार  तमु ल्होसार परेको छ।  गण्डकी प्रदेश सरकारले ‘तमु ल्होसार’को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै तमु ल्होसार पर्व परेकोले उक्त दिन गण्डकी प्रदेश स्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा सार्वजनिक विदा हुने जनाएको छ ।

विदाको निर्णय गण्डकी प्रदेश सरकार (मन्त्रिपरिषद्) बाट मिति २०७५ चैत्र २८ गते निर्णय गरेको उल्लेख छ ।

गण्डकी प्रदेश अन्तरगतका मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत, कास्की, स्याङ्जा, तनहुँ, लमजुङ, मनाङ, गोरखा र नवलपुरका सबै सरकारी कार्यालयमा मंगलबार बिदा हुनेछ । गण्डकी प्रदेश सरकारले ‘तमु ल्होसार’मा गत वर्ष पनि सार्वजनिक बिदा दिएको थियो ।

गुरुङ समुदायले बाँदर वर्गलाई बिदाई गरी चरा वर्गलाई स्वागत गरेर तमू ल्होसार पर्व मनाइरहेका छन् । ल्हो को अर्थ ‘वर्ष’ र सारको अर्थ ‘नयाँ’ हुन्छ ।  ल्होसारको अवसरमा आफन्त तथा साथीभाइ भेला भई मीठामीठा परिकार खाने प्रचलनसमेत रहेको छ ।
 
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको गुरुङ समुदायका अगुवाहरुको तर्क छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ