arrow

सेना प्रमुख रावत बने भारतको पहिलो सीडीएस, यस्तो छ भूमिका

नरवणे नयाँ सेना प्रमुख

logo
प्रकाशित २०७६ पुष १५ मंगलबार
bipin-raut-indian-army-chief.jpg

काठमाडौं । भारतीय सेना प्रमुख बिपिन रावत देशका पहिलो चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) बन्न सफल भएका छन् । रावत सोमबार सीडीएसमा नियुक्त भएका हुन् । 

६१ वर्षीय रावतको सेना प्रमुखको कार्यकाल मंगलबार सकिएको छ र उनको नयाँ कार्यकाल अर्को आदेश आउन्जेल जारी रहने छ । 

गत अगष्ट १५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीडीएसको पद घोषणा गरेका थिए । यसका लागि अधिकतम आयु ६५ वर्ष तोकिएको छ ।

कस्तो छ भूमिका रावतको ? 
रावतले रक्षा मन्त्रालय र तीन सेनाका बीचमा समन्वयतात्मक भूमिका खेल्नेछन् । उनको ओहदा ४ स्टार जनरलको रहने छ । 

रावतको जन्म सन् १९५८ मा भएको थियो । उनी २०२३ मा ६५ वर्षका हुनेछन् । त्यो समयसम्म उनले यो भूमिका निभाउन सक्नेछन् । 

सीडीएसको अवधि कम्तीमा ३ वर्षको हुनेछ । रावत सन् १९७८ को डिसेम्बरमा ११ गोरखा राइफल्स अफिसर बनेका थिए । उनी ३१ डिसेम्बर २०१६ मा सेना प्रमुख बनेका थिए ।

सीडीएस छाडेपछि के गर्न पाइन्छ ?
सीडीएसको पद छाडपछि उक्त व्यक्ति सरकारी पद धारण गर्न सक्ने छैन । त्यसैगरी पाँच वर्षसम्म निजी जिम्मेदारी पनि सम्हाल्न नसक्ने बताइएको छ । 

नयाँ सेना प्रमुख
रावतको स्थान लेफ्टिनेन्ट जनरल मनोज मुकुन्द नरवणेले लिनेछन् । उनले मंगलबारै २८ औं सेनाप्रमुखका रुपमा सपथ लिँदैछन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ