arrow

नरेन्द्र मोदीको आवासस्थित एसपीजी रिसेप्सनमा आगलागी 

logo
प्रकाशित २०७६ पुष १५ मंगलबार
narendra-modi1.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी घरमा आगलागी भएको छ । उनको लोक कल्याण मार्गस्थित आवासीय परिसरमा सोमबार राति आगलागी भएको हो ।  

स्थानीय समय अनुसार राति ७ः२५ बजे आगलागी भएकोमा त्यसलाई तत्काल नियन्त्रणमा लिइएको मोदीले ट्वीटरमार्फत जनाएका छन् । 

मोदीले त्यो आगलागी सायद सर्ट सर्किटका कारण भएको पनि बताएका छन् ।

उनले स्पष्ट पार्दै भनेका छन्, ‘आगो प्रधानमन्त्रीको आवास र अफिसमा लागेको होइन एसपीजी रिसेप्सनमा लागेको थियो । यो तत्कालै नियन्त्रण भएको छ ।’

समाचार एजेन्सीका अनुसार तत्काल ९ वटा दमकल पुगेर आगो नियन्त्रणमा लिइएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ