arrow

माम्खा माविलाई ६ लाख बराबरको पुस्तकालय

logo
जीवन शर्मा,
प्रकाशित २०७६ पुष १५ मंगलबार
library-mkha.jpg

ओखलढुंगा । चिशंखुगढी गाउपालिका ८ माम्खा स्थित श्री माम्खा माविमा पुस्तकालय स्थापना गरिएको छ । ओखलढुंगा पर्यटनका अध्यक्ष समाजसेवी तथा नेपाली कांग्रेसका नेता लिला बल्लदभ दाहाल (काका) को सहयोगमा विकल्पका लागि आवाज नेपालले पुस्तकालय स्थापना गरेको हो ।

दुर्गमका नागरिकको शैक्षिक स्तर बृद्धि गर्दै उच्च तहको सरकारी सेवामा प्रवेश गराउने उद्देश्यका साथ लोकसेवा आयोग, इतिहास, भूगोल, राजनीति, साहित्यीक, विद्यालयको पाठ्याक्रम अनुसारका र नेपाली, अंग्रेजी शब्दकोष गरी ७ सय थान भन्दा बढी  पुस्तक उपलब्ध गराएको समाजसेवी लिलाबल्दभ दाहालले बताए ।

विद्यालयमा आज एक औपचारिक कार्यक्रम गरी ६ लाख बराबरको पुस्तकहरु विद्यालयका प्रधानाध्यापक गेट प्रसाद धमलालाई हस्तान्तरण गरिएको दाहालले जानकारी दिए । दुर्गमका नागरिकको शैक्षिक उन्नयन र ओखलढुंगेलीहरुको लोकसेवामा पहुँच बृद्धिका लागि सामुदायिक विद्यालयमा पुस्तकालय अभियान अन्र्तगत माम्खा माविमा पुस्ताकालय स्थापना गरिएको र यो अभियानलाई निरन्तरता दिइरहने दाहालले प्रतिवद्धता समेत व्यक्त गरे ।  

२०१८ सालमा स्थापना भए पनि पुस्तकालयको अभाव झेलीरहेको माम्खा माविमा पुस्तकालय स्थापना भएसंगै स्थानीय बुद्धिजिवी तथा शिक्षासेवीहरुले खुसी व्यक्त गरेका छन् । उक्त विद्यालयमा अध्यान गरेका धेरै व्यक्तिहरु माथिल्लो निकायमा पुगेका स्मरण गराउदै माम्खा माविका पूर्व प्रधानाध्यापक शिक्षासेवी उत्तर कुमार कट्वालले माम्खाको शैक्षिक अवस्था सुधारका पुस्तकालयले निकै सहयोग पुग्ने बताए । सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार संगै दुर्गमका नागरिकको शैक्षिक उन्नयनका लागि पुस्तकालय स्थापना गरेर माम्खावासीलाई सहयोग पुर्याएको भन्दै सहयोगि दाताहरु प्रति स्थानीयले खुसी व्यक्त गरेका छन् ।

पुस्तकालय स्थापनाका लागि आवश्यक फर्निचरको व्यवस्था विद्यालयले मिलाएको विद्यालयका प्रधानाध्यापक गेट प्रसाद धमलाले जानकारी दिए । प्रदेश नम्बर ३ का नेपाली कांग्रेसका सांसद नरोत्तम बैध्यको प्रमुख आतिथ्यतामा भएको पुस्तकालय हस्तान्तरण तथा उद्घाटन समारोहमा प्रदेश सांसदहरु दिपेन्द्र श्रेष्ठ, राजेन्द्र गुरुङ, नेपाली कांग्रेस ओखलढुंगाका नेता बालकृष्ण दाहाल, कुमार लुइटेल नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष नविन राई लगायत नेता तथा शैक्षिक सरोकारवालाहरुको उपस्थििति रहेको थियो । विकल्पका लागि आवाज नेपालले गत बर्ष सिद्धिचरण नगरपालिका वडा नम्रब ३ नारायणस्थान माविमा पनि पुस्तकालय स्थापना गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ