arrow

प्रियंकाको हाँसोमा बाँदरको आक्रोश, बजायो थप्पड

logo
प्रकाशित २०७६ पुष १५ मंगलबार
priyanka3.jpg

एजेन्सी । एक पटक बलिउड अभिनेत्री प्रियंका चोपडाले 'द कपिल शर्मा' शोमा बाँदरले आपूलाई थप्पड लगाएको बताएकी थिइन् । कपिल शर्माले शोको एक हास्य प्रदायक एपिसोडमा उनले सो बताएकी हुन् ।  

 चर्चित कमेडियन कपिल शर्माले शोमा प्रियंकालाई  बलापनको रमाइलो अनुभव सुनाउन आग्रह गरेका थिए । प्रियंकाले हास्दै  स्कूल पढदाको समय बाँदरले थप्पड लगाएको  सम्झना सुनाएकी थिइन् ।
 
प्रियंकाले बलापनको अनुभव सुनाउदै भनिन्- 'म स्कूलबाट घर फर्कदै गर्दा एउटा बाँदर रुखमा झुन्डि रहेको देखे । सो दृश्य देखेर मैले हाँसो रोक्न सकिन ।'

प्रियंकाले थपिन्- ' म हाँसेको देखेर बाँदर अचानक मेरो छेउमा आयो मैले के गर्ने केहि सोच्न सकिन । बाँदरले मलाई जोडले एक थप्पड लगायो र आनन्दले रुखमा गयो । त्यस समय मेरा आँखा रसाए ।' सो बाक्य सुनेर सेटमा रहेका सबै दर्शकहरु पेट मिचि मिचि हाँसे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ