arrow

नयाँ वर्षको पहिलो दिन नै हजारौँ अष्ट्रेलियालीलाई पीडा 

logo
प्रकाशित २०७६ पुष १६ बुधबार

काठमाडौं । अंग्रेजी पात्रोअनुसार नयाँ वर्ष सुरु भएको छ । विश्वका राष्ट्रहरुमध्ये अष्ट्रेलिया र न्यूजिल्याण्डले एकै पटक बिहान नयाँ वर्षको स्वागत गरेका छन् । 

तर अस्ट्रेलियालीले पहिलो दिन नै पीडा भोगेका छन् । तटीय क्षेत्रमा डढेलो फैलिएपछि हजारौँ मानिसहरू भागेर समुद्रको किनारमा शरण लिन पुगेका छन् ।

भिक्टोरियामा एउटा डढेलो तटीय सहर म्यालकूटातर्फ फैलिँदै गर्दा धुवाँ र खरानीले घरहरू ढाकिएका छन् । स्थानीय बासिन्दाहरूले समुद्रको किनारमा सीमित सामग्रीको भरमा रातो आकाशमुनि रात बिताउनुपरेको बताएका छन् ।

यसैबीच अधिकारीहरूले न्यू साउथ वेल्समा दुई जनाको मृत्यु भएको पुष्टि गरेपछि डढेकोका कारण अस्ट्रेलियामा ज्यान गुमाउनेहरूको सङ्ख्या १२ पुगेको छ ।

सिड्नी र मेल्बर्नको बीचमा पर्ने कतिपय बिदा मनाउने स्थानहरू डढेलोका कारण बन्द भएका छन्। न्यू साउथ वेल्स र भिक्टोरियाको ५०० किलोमिटर क्षेत्रमा आपत्‍कालीन स्तरका एक दर्जनभन्दा बढी डढेलो लागेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ