arrow

प्रदेश सरकारको लापरवाहीः ८८ तहलाई ल्याइएको अल्ट्रासाउण्ड आठलाईमात्र बाँडियो

logo
पुस्कर पौडेल, 
प्रकाशित २०७६ पुष १६ बुधबार

धनगढी,। सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहका लागि खरिद गरिएको अल्ट्रासाउण्ड ८ वटा तहमा मात्र वितरण गरिएको छ । मंगलवार ८८ वटै स्थानीय तहमा वितरण गर्ने भने पनि आठ वटा जिल्लाका सदरमुकाममा रहेका स्थानीय तहलाई मात्रै वितरण गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको हो । 

बाँकी रहेका अल्ट्रासाउण्ड केहि दिन भित्रै  वितरण गरिने निर्देशनालयले जनाएको छ । गर्भवती महिलाले अल्टासाउण्डबाट बचित हुदा ज्यान गुमाउनु पर्ने बाध्यता रहेपनि अब अकालमै ज्यान गुमाउनु पर्ने बाध्यताको अन्त्य हुने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

प्रदेशमा मातृ तथा शिशु स्वास्थ्य अवस्थामा सुधार ल्याउने उद्देश्यले क्षेत्रीय स्वास्थ्य निर्देशनालयले सबै स्थानीय तहका लागि अमेरिकी कम्पनी फिलिप्सको लुमीफाइ ब्राण्डको अल्ट्रासाउण्ड खरिद गरेको हो ।

८८ वटा अल्ट्रासाउण्ड खरिदका लागि १३ लाख २२ हजार तीन सय रुपैयाँको दरले ८८ वटा अल्टासाउण्डको मुल्य ११ करोड ६३ लाख ६३ हजार रुपैया बढी खर्च भएको निर्देशनालयले जानकारी दिइएको हो । 

खरिद गरिएका ८८ वटा अल्ट्रासाउण्डमध्ये आठ वटा जिल्लाका सदरमुकाममा रहेका स्थानीय तहलाई वितरण गरिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताए । 

वितरण गर्न बाँकी रहेका अल्ट्रासाउण्डहरु पालिकामा कार्यरत स्टाप नर्स र अनमीलाई २१ दिनको तालिम दिएर अल्ट्रासाउण्ड वितरण गर्ने उनले बताए । 

माघ ५ गतेदेखि तालिम सुरु गर्न र चार महिनाभित्रै तालिम सम्पन्न गरि सबै स्थानीय तहमा वितरण गरि सक्ने उनले जानकारी दिए । 

अल्ट्रासाउण्ड मेसिनले गर्भवती महिलाको बच्चाको अवस्थाबारे चेकजाच गर्नमा मदत पुग्ने उनले बताए । 

‘प्रदेशमा सबैभन्दा बढी मातृ मुत्यु दर र नवजात शिशु मुत्यु दर बढी छन्’, उनले भने ‘स्वास्थ्यकमीको निर्देशनले गर्भवती महिलाले समयमै उपचार गराउँछन् भन्ने हुनेछ ।’

गर्भवती महिलाहरु समयमै चेक जाँच गरेर अन्यत्र रेफर गर्न सहज हुने स्वास्थ्यकर्मीहरु बताउँछन् । दुर्गम क्षेत्रका महिलाहरुले गर्भवती हुने बेला अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता रहेपनि अब भन्ने त्यो अन्त्य हुने दार्चुला महाकाली अस्पतालकी स्वास्थ्यकर्मी लालजिरा रावत भट्टले बताए । 

उनले  बाल तथा मातृ मुत्यु दरमा शुद्ध कमी आउने जानकारी दिए । गर्भवती महिलाहरुको समयमै चेकजाच गर्न सहज हुने र समस्या पहिचान गरेर अन्यन्त्र रेफर गर्न सकिने स्वास्थ्यकर्मीहरु बताउँछन् । 

अल्ट्रासाउण्डले गर्दा गर्भवती महिला र बच्चाको ज्यान बचाउन सहज हुने बढीमालीका बाजुराका स्वास्थ्यकर्मी टेकबहादुर खड्काले बताए ।

विगतका वर्षहरुमा यस्ता उपकरणहरु नहुँदा कतिपय गर्भवती महिलाले अकालमै ज्यान समेत गुमाउनु पर्ने बाध्यता रहेको थियो । 

अब भन्ने अल्ट्रासाउण्ड वितरण गर्दा अकालमै ज्यान गुमाउन बाट गर्भवती महिलाको सख्ंयामा कमी आउने देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ