arrow

महेन्द्र भवनमा भूतपूर्व विद्यार्थीको पुनर्मिलन

logo
प्रकाशित २०७६ पुष १६ बुधबार
mahendra-bhawan.jpg

काठमाडौं । काठमाडौँको सानोगौचरणमा रहेको महेन्द्र भवन उच्च माध्यमिक आवासीय विद्यालयमा " महेन्द्र भवन फेट २०७६" हुदैँछ। विद्यालयले यहि पौष १९ गते  शनिबार विद्यालय हाता भित्रै " महेन्द्र भवन फेट तथा भूतपूर्व विद्यार्थी पुनर्मिलन २०७६" कार्यक्रमको आयोजना गर्ने भएको हो।

बिगत ६२ बर्षदेखि  महिला समाज अनि समग्र राष्ट्रकै शिक्षा, स्वास्थ्य र नेतृत्व बिकाशमा अग्रणी भूमिका खेल्दै आएको विद्यालयको कार्यक्रम महेन्द्र भवन विद्यालय र अम्बान ( महेन्द्र भवन भूतपूर्व विद्यार्थी समाज) ले संयुक्त रुपमा आयोजना गर्दैछ।
 
कार्यक्रममा भूपु विद्यार्थीहरुको पुनर्मिलनका साथसाथै बिभिन्न खानेकुरा सर-समानका इन्स्टलहरुहुने कार्यक्रम संयोजक करुणा शाहले बताइन् । उनले भनिन्.' यसका साथै सांगीतिक सांस्कृतिक कार्यक्रमहरु, नि:शुल्क  स्वास्थ्य सिविर, बिभिन्न खेलकुदका कार्यक्रम अनि चित्रकला प्रदर्शनी, कानुनी परामर्श आदि हुनेछन्।'

साथै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष्य प्रा.डा मधुरा कार्कीले कार्यक्रमको अर्को प्रमुख उद्द्येश्य विद्यालयको स्तरोन्नति गर्न आर्थिक संकलन गरि समाजलाई टेवा पुर्याउनु रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ