arrow

नाना पाटेकर र आयशा रहेको बन्द कोठामा मनीषा पुगेपछि...

logo
प्रकाशित २०७६ पुष १६ बुधबार
nana-patekar-manisha.jpg

एजेन्सी । बलिउड अभिनेता नाना पाटेकर ६८ बर्षका भएका छन् । १  जनवरी १९५१ मुराद-जन्जिरा (महाराष्ट्र) मा जन्मिएका उनको बुधबार जन्मदिन हो । नानाको जीवन बारे यस्ता कयौ कुराहरु रहेका छन् जो कमै दर्शकलाई थाहा होला। कुनै समय नाना पाटेकरको नेपालमा जन्मिएकी मनीषा कोइरालासँग अफेयर रहेको चर्चा चलेको थियो ।

आफुभन्दा २० बर्ष कन्छि अभिनेत्रीसँगको अफेयर भने धेरै समयसम्म चल्न सकेन मनीषाले नाना पाटेकरलाई आयशा जुल्कासँग  बन्द कोठामा  भेटेपछि कथाले फरक मोड लिएको थियो ।  उक्त समय  मनीषाले  दुवैलाई साफ गालि गरिन् ।  नाना र मनीषा चलचित्र  'अग्निसाक्षी' को क्रममा नजीक भएका थिए ।

नानासँग आयशालाई देखेर मनीषाले दुवैलाई राम्रो नराम्रो मात्र बोलिनन् सो घटना बढेर झगडासम्म  पुग्यो । तर मनीषालाई  नानाले  समझाए । रिसाएकी मनीषा सो समय त मानिन् तर उनले नानाको श्रीमति नीलकांतिलाई छोडपत्र गरेर आफुसँग विवाह गर्न प्रस्ताव राखिन् । नाना श्रीमति नीलकांति (नीलू)लाई छोडपत्र दिन तयार थिएनन् । अन्त्यमा मनीषाले नानाको जीवनबाट टाढिने निर्णय गरिन् ।

नाना र मनीषाले  संजय लीला भंसालीको चलचित्र 'खामोशी : द म्यूजिकल' मा पनि सँगै अभिनय गरेका छन्। सोहि क्रममा आफ्नो सम्बन्धको बिषयमा दुवैले सार्वजनिक गरेका थिए । साथै नाना र मनीषाबीच साना तिना झगडाका समाचार पनि  आउने गर्दथे । नाना पाटेकर मनीषालाई लिएर निकै सोचमा हुन्थे । उनि मनीषा कुनै  पनि पार्टिमा छोटो कपडा नलगाउन र अन्य पुरुषसँग गफ नगरुन् भन्ने चाहान्थे ।

सन् १९९८ मा आएको चलचित्र 'युगपुरुष' को सुटिङको क्रममा नानाले मनीषाको कपडा माथि आपत्ति जनाएका थिए । सो समय दुवैबीच  झगडाका साथै केहि दिन सम्म बोलचाल पनि भएको थिएन ।

नाना पाटेकरसँग  मनीषा कोइरालाको डेटिङ हुदै गर्दा आयशा जुल्काको इन्ट्रि भएको थियो । सन् २००३ मा आएको चलचित्र 'आंच' मा  आयशा जुल्का र  नाना पाटेकरले सँगै काम गरेका थिए । चलचित्रमा दुवैले बेडसीन दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ