- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा बुधबार राति ९ खेल भएका छन् । जसमा २३ गोल भएको छ ।
नतिजा अनुसार म्यान्चेस्टर सिटी र आर्सनलले जित निकाल्दा म्यान्चेस्टर युनाइटेडले हारको सामना गर्नुपर्यो भने चेल्सी बराबरीमै रोकियो ।
जोजे मौरिन्होले सम्हालेको टोटनह्याम हट्सपर पनि पराजित भयो ।
यस्तो छ नतिजा–
ब्राइटन एन्ड होभ आल्बियन १–१ चेल्सी
बर्नली १–२ एस्टन भिल्ला
न्युकासल युनाइटेड ०–३ लेस्टर सिटी
साउथह्याम्पटन १–० टोटनह्याम हट्सपर
वाटफोर्ड २–१ वुल्भरह्याम्पटन वान्डेरर्स
म्यान्चेस्टर सिटी (गाब्रियल जिसस दुवै गोल) २–१ एभर्टन
नर्विच सिटी १–१ क्रिस्टल प्यालेस
वेष्टह्याम ४–० बर्नमाउथ
आर्सनल २–० म्यान्चेस्टर युनाइटेड
अंक तालिका–
१९ खेलबाट शीर्ष स्थानको लिभरपुलको ५५ अंक छ । दुई खेल बढी खेलेका लेस्टरको ४५, सिटीको ४४, चेल्सीको ३६, म्यान्चेस्टर युनाइटेडको ३१ अंक छ ।
छैटौं स्थानको टोटनह्यामको ३० अंक छ ।