रणवीरले लिए श्रीमतीको घरमा कोठा, भाडा ३४ करोड १५ लाख
प्रकाशित २०७६ पुष १७ बिहिबार
917
Shares
काठमाडौं । चर्चित बलिउड जोडी रणवीर सिंह र दीपिका पादुकोण एकसाथ बलिउडमा राज गरिरहेका छन्। अभिनेतामा रणवीर र अभिनेत्रीमा दीपिका बलिउडका शीर्ष स्टारहरू हुन्। हालै दुबै नयाँ घरको बारेमा चर्चामा आएका छन्।
दीपिका पादुकोणको घर मुंबईको प्रभादेवीको ब्यूमन्ड टावरमा छ। ३३ तल्ला अग्लो भवनमा दीपिकाको फ्ल्याट २६ औं तलामा छ। २०१० मा दीपिकाले यो फ्ल्याट १६ करोड भारतीय रुपैयाँमा किनेकी हुन् । इन्डियन एक्सप्रेसका अनुसार रणवीर सिंहले यस भवनमा चार बीएचके फ्ल्याट भाडामा लिएका छन्।
रणवीरले सो फ्ल्याट तीन बर्षको लागि लिएका छन्। यस फ्ल्याटको एक महिनाको भाडा ९ लाख ४८ हजार नेपाली रुपैयाँ रहेको छ। उनले तीन बर्षमा ३४ करोड १५ लाख बराबर तिर्नुपर्नेछ । रणवीरले आफ्नै लागि वा केही कामका लागि यो फ्ल्याट लिएका हुन् त्यसबारे केहि बताएका छैनन् ।
रणवीर र दीपिकाले २०१८ मा लामो समय डेट गरेपछि बिहे गरेका थिए । उनीहरुको विवाह इटालीको लेक कोमोमा भयो। हाल दीपिका पादुकोण आफ्नो फिल्म 'छपक' को प्रचारमा व्यस्त छिन्। विक्रांत मेसी फिल्ममा दिपिकासँग देखिदैछन्। यो फिल्म मेघना गुलजार निर्देशित गरेका छन्। फिल्म एसिड आक्रमण गरिएकी लक्ष्मी अग्रवालमाथि आधारित छ।
त्यस्तै रणवीर सिंह आफ्नो अर्को फिल्म '८३ ' को तयारीमा व्यस्त छन्। रणवीर र दीपिका फेरि यस फिल्ममा देखा पर्नेछन्। यस फिल्ममा रणवीर कपिल देवको भूमिका खेल्ने छन। दीपिका उनकी पत्नी हुनेछिन्। यो फिल्मको कबीर खानदे निर्देशन गर्दैछन्।