arrow

आमाछोरी उडाउछन् बोइङ ७५७, चिन्नुहोस पाइलट को-पाइलट

logo
प्रकाशित २०७६ पुष १७ बिहिबार
mother-daughter-pilot1.jpg

काठमाडौं । यदि आफ्ना सन्तान ठूलो भएर आफ्नो काममा सघाउँछन् भने त्यो आमाबाबुको सबैभन्दा खुसीको पल हो । यस्तै घटना अमेरिकाको एक उडानको क्रममा देखिएको छ । यहाँ छोरीले आमालाई सहयोग गरेको नभई दुवैले एकसाथ विमान उडाएका हुन् ।

डेल्टाको उडान आमाछोरी मिलेर उडाएका हुन् ।  डेल्टाको विमान आमाछोरीले उडाएको यात्रुले थाहा पाएपछि उनीहरुको तस्वीर सामाजिक सञ्जालसम्म आइपुग्यो । उक्त विमान बोइङ ७५७ मोडलको थियो । यो कुरा थाहा पाएर विमानमा सवार सबै यात्रु पनि छक्क परेका थिए । यसमा आमा पाइलट र छोरी फस्ट अफिसर थिइन् ।

स्थानीय समाचारका अनुसार केली रेक्सनकी बहिनी पनि पाइलट हुन् । तस्वीरमा आमा–छोरी दुवैजना फ्लाइट डेकमा बसिरहेका छन् । सो अवसरमा डेल्टाले पनि आधिकारिक ट्वीटर ह्यान्डलबाट एक ट्वीट गरेको थियो ।

विमानमा यात्रा गरिरहेका यात्री एम्ब्री रिडलव वल्र्डवाइडका चान्सलर जोन आर वेट्रटले यो तस्वीर खिचेका थिए । उनले उनीहरुको वार्तालापबाट आमाछोरी हुन् भन्ने कुरा थाहा पाएका थिए । उक्त कुरा थाहा पाएपछि उनले भेट्ने इच्छा व्यक्त गरेका थिए । त्यसपछि उनलाई सो अवसर प्रदान गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ