arrow

युधिष्ठिर धर्मराज बन्ने जग बसेको पाठशालाको त्यो पहिलो दिन

logo
जीवन दर्शन,
प्रकाशित २०७६ पुष १७ बिहिबार
mahabharat31.jpg

काठमाडौं। धर्मराज युधिष्ठिर जब शुरुमा पाठशाला गए, त्यहाँ यो पढाईयो-'सत्य बोल, रिस नगर।'

धर्मराज युधिष्ठिर केवल यति पाठ पढेर कति दिनसम्म पाठशाला गएनन् । धेरै दिनपछि जब पाठशाला गए, तब गुरु द्रोणाचार्यले सोधे, पाठ याद भयो?

धर्मराजले भने, 'याद भएको छैन गुरुदेव!' अरु विद्यार्थीहरूले लगभग आधी पुस्तक पढीसके, तर धर्मराज युधिष्ठिरले दुई कुरा याद गरिरहे-सत्य बोला, रिस नगर।

एक दिन भीष्म पितामह यो जान्नको लागि पाठशाला गए कि नानीहरूको पढाई कस्तो हुँदै छ? सबैले जति-जति पढेका थिए, सुनाए, तर जब धर्मराजको पालो आयो, तब उनले भने, मलाई त पहिलो पाठ नै राम्रो याद भएको छैन ।

भीष्म पितामहलाई रिस उठ्यो अनि उनले धर्मराजलाई एक थप्पड लगाए। धर्मराज उस्तै शान्त भावले उभिरहे। जब पितामह भीष्मको रिस केहि शान्त भयो, तब उनले सोधे, 'नानी! तिमीलाई पाठ किन याद हुँदैन?'

तब धर्मराजले भन्छन्, 'पितामह! आधी पाठ त अब राम्ररी याद भयो, अब आधी याद हुनु बाँकी छ।'

पितामहले सोधे, कसरी? धर्मराजले भने, 'पितामह! जब तपाईंले मलाई थप्पड लगाउनु भयो, तब मलाई एकदमै रिस उठेन, न त मलाई दुख लाग्यो । तर अझै पनि कति पटक मेरो मुखबाट झूटो कुरा निस्कन्छ, यो आधी पाठलाई पनि पूरा याद गर्ने प्रयास गरिरहेको छु ।'

पितामह भीष्मले धर्मराज युधिष्ठिरलाई अंकमाल गरेर भने, नानी! तिमी संसारमा धर्मराज कहलाइने यसैले भनेको छ-
साँच बराबर तप नहीं, झूठ बराबर पाप।।
जाके हृदय साँच है, बाके हृदय आप।।

स्कूलहरूमा विद्यार्थीहरूलाई पढाईन्छ, जमीन (पृथ्वी) गोलो छ । एउटा कीला माथि छ अनि अर्को कीला तल (नर्थ पोल र साऊथ पोल) छ, बीचमा जमीन घुम्छ । सबै विद्यार्थीहरू यो सुनेर भन्छन, हजुर सर! बुझ्यौं । तर कुनै पनि छात्रले यो सोध्दैन कि आखिर माथि र तलको कीला (पोल) के मा अडिएको छ? उस्तै, सबैले भन्छन् परमात्मा सर्वव्यापक छ अनि सबैको हृदयमा छ । सबै सुन्ने र पढ़नेहरूले एक-अर्काको हो मा हो मिलाउछन् ।

पहिले हामीले सत्यलाई जान्न पर्दछ कि सत्य के हो भनेर । संसार परिवर्तनशील छ, यहाँको कुनै पनि चीज सत्य छैन । यहाँसम्म  कि हाम्रो शरीर पनि नाशवान छ, तर आत्मा सत्य छ। सत्य सधै सत्य रहन्छ, यसैले भनेको छ-

आदि सच जुगादि सच, है भी सच, होसी भी सच।

भगवानको साँचो नाम र साँचो प्रकाशलाई जान्न पर्छ ।  यहि दुई कुरा सत्य हो, बाँकी अरु सबै झूटो छ । जसले साँचो  नामलाई हृदयमा धारण गर्छ, उसको हृदयमा परमात्माको  निवास छ अनि उसैले सत्यलाई जान्दछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ