arrow

लिभरपुललाई हराउनै मुस्किल, माने र सलाहको गोल 

logo
प्रकाशित २०७६ पुष १८ शुक्रबार
salaha-mane.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा लिभरपुलको अपराजित यात्रा कायमै रहेको छ । २० औं खेलसम्म लिभरपुलले केबल एउटा खेलमा बराबरी गरेको छ भने बाँकी सबै खेल जितेको छ । 

नेपाली समय अनुसार शुक्रबार बिहान सम्पन्न खेलमा लिभरपुलले सेफिल्ड युनाईटेडलाई हरायो । घरेलु मैदान एनफिल्डमा लिभरपुल २–० गोल अन्तरले विजयी भयो ।

लिभरपुललाई जित दिलाउन साडियो माने र मोहम्मद सलाहले एक एक गोल गरे । सलाहले चौथो मिनेटमा र मानेले ६४ औं मिनेटमा दोस्रो गोल गर्दै लिभरपुललाई जिताए । 

अंक तालिका
यो जितपछि लिभरपुलको २० खेलमा ५८ अक छ । लिभरपुलले दोस्रो स्थानको लेस्टर सिटीको भन्दा १३ अंक बढी छ । लेस्टरले १ खेल बढी खेलेको छ । 

तेस्रो स्थानको म्यान्चेस्टर सिटीको २१ खेलबाट ४४ अंक छ । २१ खेलबाट चेल्सीको ३६ अंक छ । 

लिभरपुलको उपाधि सम्भावना 
लिभरपुलको उपाधि सम्भावना बढेर गएको छ । लिभरपुलले दोस्रो चरणको एक खेल पनि बढी भइसकेको अवस्थामा अब केबल १८ खेलमात्र खेल्न बाँकी छ । 

लिभरपुलले उपाधिबाट वञ्चित हुन पाँच खेल हारेर मात्र पुग्ने छैन लेस्टर वा म्यान्चेस्टर सिटीले सबै खेल जित्नुपर्ने हुन्छ । 

अहिलेको स्थितिमा लिभरपुलको अर्को कुनै विकल्पै देखिँदैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ