arrow

आगो निभाउँदा बाबुको मृत्यु, १९ महिने छोरालाई वीरता पुरस्कार

logo
प्रकाशित २०७६ पुष १८ शुक्रबार

काठमाडौं । अष्ट्रलियाको जंगलबाट लागेको आगोले भयावह रुप लिएको छ । आगो सहर पसेको छ । अहिलेसम्म थुप्रैको ज्यान गएको छ । 

अहिलेसम्म अष्ट्रेलियामा लागेको आगोमा परी १९ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र ७ जनाको मृत्यु भएको छ । 

पछिल्लो चार महिनादेखि अष्ट्रेलियाको जंगलमा आगो लागिरहेको छ । थुप्रै बेपत्ता छन् । 

दक्षिण–पूर्वी अष्ट्रेलियाको ३ लाख हेक्टर क्षेत्रमा आगो फैलिसकेको छ । न्यू साउथ वेल्समा अधिकारीहरुले आपतकाल घोषणा गरेका छन् । 
एक हजार भन्दा बढी घर न्यू साउथ वेल्समा जलेर खरानी भएका छन् । 

यसैबीच आगो निभाउँदा निभाउँदै एक दमकलकर्मीको ज्यान गएको छ । ज्योफ्री किटनको मृत्यु भएको हो । 
उनको बहादुरीका लागि अष्ट्रेलिया सरकारले मृतकको अन्तिम संस्कारपछि बिहीबार ३२ वर्षे उनका १९ महिनाका छोरा हार्वी किटनलाई सर्वोच्च सेवा मेडलबाट सम्मानित गरिएको छ । 

उक्त सम्मान गर्ने समयमा हार्वी रुरल फायर सर्भिसको पोशाकमा रहेका थिए । न्यू साउथ वेल्स रोयल फायर सर्भिसका कमिश्नर क्रेग फिजसिमोन्सले किटनको सर्टमा मेडल लगाइदिएका थिए । 

जंगलमा लागेको आगो निभाउने क्रममा तीन दमकलकर्मीको मृत्यु भइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ