arrow

नामिवियाको क्रिकेट टोली नेपाल आइपुग्यो

logo
प्रकाशित २०७३ वैशाख २ बिहिबार
team-namibia.jpg.jpeg
काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीपको खेलमा सहभागि हुन नामिवियाको राष्ट्रिय क्रिकेट टोली नेपाल आइपुगेको छ । कीर्तिपुर मैदानमा हुने आउँदो शनिवार र सोमबार हुने खेलमा सहभागि हुन १७ सदस्यीय नामिवियाको टोली अपरान्हपछि नेपाल आइपुगेको हो । टोलीको बस्ने व्यवस्था सोल्टी होटलमा गरिएको नेपाल क्रिकेट सङ्घ क्यानकी कार्यकारी अधिकृत भावना घिमिरेले जानकारी दिइन् । 
 
नामिविया आइतबार देखि वुधबारसम्म अफगानिस्तानसंगको चार दिवसीय अन्र्तराष्ट्रिय कप खेलेर नेपाल आएको हो । यद्यपि, नामिवियाले सो कन्टिनेन्टल कपमा अफगानिस्तान संग इनिङ र ३६ रनले पराजय व्यहोरेको थियो । मध्यम प्रदर्शन गरेपनि नामिविया सम्हालिन नसक्दा पराजित भएको हो । 
तर, नामिवियासंगको खेल नेपालका लागि निकै महत्वपूर्ण मानिएको छ । अघिल्लो चरण प्रवेश गर्नका लागि नेपाललाई दुवै खेल जित्नै पर्ने दबाब छ । यदी नेपालले दुवै खेलमा नामिवियालाई पराजित गर्न सके नेपालको शीर्ष चारभित्र पर्ने सम्भावना रहनेछ ।  
 
च्याम्पियनसिपमा सहभागी आठ राष्ट्रमध्ये शीर्ष चारभित्र पर्ने टोलीले सन् २०१८ मा बङ्गलादेशमा हुने विश्वकप छनोट खेल्न पाउनेछ । प्रतियोगितामा यसअघि चार खेल खेलको नेपालले चारै खेलमा हार व्यहोर्दै अङ्कविहीन छ । नेपाल लिगको अंक तालिकाको पुछारमा रहँदा नामिवियाले दुई अङ्क बटुलिसकेको छ । नेपालले यसअघि, स्टकल्यान्ड र पपुवा न्युगिनीसँगको खेल गुमाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ