arrow

अस्पतालमा अप्रेशनको अफर

logo
प्रकाशित २०७६ पुष १८ शुक्रबार

काठमाडौं । चावहिलमा रहेको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले अंग्रेजी नयाँ बर्ष २०२० मा अफरसहितका सर्जरी प्याकेज अघि सारेको छ।

प्याकेज अन्तर्गत अस्पतालले दुई किसिमका सर्जरी सेवा अगाडि सारेको छ । पहिलो किसिमको प्याकेजलाई  इन्टरमिडिएट सर्जरी भनिएको छ जस अन्तर्गत  बत्तिस हजार रुपैंयाँमा शल्यक्रिया गराउन सकिने छ ।

दोश्रो प्याकेज अन्तर्गत भने मेजर अप्रेशन समावेश गरिएको छ । यस प्याकेज अन्तर्गत छत्तिस हजार रुपैंयामा अप्रेशन गराउन सकिने बताइएको छ । प्याकेज अफर पुस १९ गते देखी पुस २९ गतेसम्म लागू हुने समाचारमा जनाइएको छ ।

प्याकेजमा ल्यापरोस्कोपिक बिधि बाट (दुरबिनको प्रयोगबाट) पित्त थैलीको पथ्थरी, एपेन्डिक्स लगायतका सर्जरीहरुका अलावा स्त्रीरोग सम्बन्धि पाठेघरको अप्रेशन समेत समावेश गरिएको छ । यसको साथमा  ओपन अथवा चिरेर गर्नुपर्ने हर्निया, हाइड्रोसिल,फिस्टुला आदि सर्जरीहरु समेत समावेश रहेका छन् ।

सर्जरी चार्ज, बेड चार्ज, ल्याव टेस्ट र डाक्टरको कन्सल्टेशन चार्ज समेत समेटिएको यस प्याकेज अन्तर्गत सर्जरी गराउने बिरामीहरुलाई प्राथमिकताका आधारमा क्याबिन बेड उपलब्ध गराइने अस्पतालका प्रबन्ध संचालक बाबुकाजी कार्कीले बताए ।   क्याबिन खाली नरहेको अवस्थामा भने बिरामीले जनरल बेडमा बस्नु पर्ने उनको भनाई छ ।

 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ