arrow

ट्रमामा अनियमिता गरेको भन्दै नर्सिङ निर्देशकबिरुद्ध उजुरी

logo
प्रकाशित २०७६ पुष १८ शुक्रबार
trauma-centre.jpg

काठमाडौ । न्याम्स वीर अस्पतालको ट्रमा सेन्टरमा अनियमिता भएको आरोप लगाइएको  छ । नर्सिङ निर्देशक, सोचना सापकोटा, डा गौरव ढकाल र डा नविन पोखरेलले विरामीको स्वास्थ्य माथि खेलवाड गर्ने गरेको आरोप लगाइएको हो ।

अस्पतालको नियमविपरित नर्सिङ प्रमुख सापकोटा र डा पोखरेलको मिलेमतोमा आफ्नो नर्सिङ ऐनेस्थेसियालाई तालिक केन्द्रको रुपमा नर्सिङ विद्यार्थीसँग महिनै पिच्छे पैसा लिएर तालिम गराउदै प्रमाण पत्र दिने गरेको आरोप सहकर्मीहरुले लगाएका छन् ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल निकट हुँ, भन्दै ट्रमाका निर्देशक र कुनै डाक्टरलाई नटेर्ने गरेको समेत बताइएको छ । महंग्रो औषधी टेन्टर गरेर ट्रमाकै फार्मेसीमा राख्न खोज्दा अस्पताल बाहिरका पसलेसग कमिसन खादै अत्यावश्यक औषधी राख्न नदिएको आइसियु खाली हुँदा हुदै पनि बेड छैन, भन्दै निजीमा पठाएर सापकोटाले निजी अस्पतालसग कमिसन लिने गरेको, आइसियु कै एक नर्सले बताइन् ।

स्वास्थ्यमन्त्री र ५ न प्रदेश प्रमुख आफन्त हुन भन्दै कर्मचारी र डाक्टरलाई धम्काउदै हिड्ने गरेकी समेत आरोप लगाइएको छ । साथै उनी बिरुद्ध अक्तियार , सर्तकता केन्द र स्वास्थ्य मन्त्रालयमा ट्रमा सेन्टरलाई तालिम केन्द्र बनाएको र पैसा खाएको आरोप सहित उजुरी परेको समेत बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ