arrow

क्रिकेटका यि बाल प्रशंसकले हेर्ने भए नेपाल र नामिबियाबीचको खेल

logo
विशन क्षेत्री,
प्रकाशित २०७३ वैशाख २ बिहिबार
Prasanta-Naupane.jpg.jpeg
पर्वत। नेपाली क्रिकेटका बाल प्रशंसक प्रशान्त न्यौपानेले अन्ततः वैशाख चार र छ गतेको खेल हेर्न पाउने भएका छन्। नेपाल र नामिबिया बिच वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको तेश्रो राउण्डका दुई खेल उनले हेर्न पाउने भएका हुन्।
 
क्रिकेट पर्वत र ग्रेट हिमालयन क्रिकेट एकेडेमी काठमाण्डौको समन्वयमा उनलाई भोलि काठमाण्डौ लगिने तयारी भईरहेको क्रिकेट पर्वतका अध्यक्ष सुजन शर्मा पौडेलले बताए। क्रिकेटप्रेमी अन्य बालबालिकाको लागि पनि उत्प्रेरणा जगाउनको लागि सहयोग गरेको उनले बताए।
 
न्यौपानेलाई उनका बाबुआमाको सहमति भएमा छात्रवृत्तिमा प्रशिक्षणको व्यवस्था समेत मिलाउन सकिने ग्रेट हिमालयन क्रिकेट एकेडेमीका प्रोप्राईटर सुदिप शर्माले बताए। उनलाई मनपर्ने खेलाडीसँग भेटघाट गराउने तथा बाबुआमाको सहमति पाएमा शिक्षा समेत यतै दिनेगरि क्रिकेट प्रशिक्षण दिन सकिने उनले बताए। उनको सोख थाहा पाएपछि क्रिकेट पर्वतले ग्रेट हिमालयन क्रिकेट एकेडेमीसँगको सहयोगमा उनलाई प्रतियोगिता देखाउन पहल गरेको हो। 
 
पर्वतको दक्षिणी गाविस सरौँखोलाका १२ वर्षीय न्यौपानेको आश्यर्चलाग्दो क्रिकेट मोहको समाचार प्रकाशन भएको थियो। स्थानीय सञ्जय काफ्लेले सामाजिक सञ्जालमा आर्थिक कठिनाईले उनले म्याच हेर्न नपाउने सामग्री पोष्ट गरेपछि उनीप्रति सम्बन्धित निकायले चासो दिएको थियो। क्रिकेट खेलका प्रतियोगिता, रन तथा उत्कृष्ट खेलाडीको बारेमा पनि उनले छुट्टै तरिकाले रेकर्ड राख्ने गरेका छन्।
 
घरको आँगन, विद्यालयको सानो मैदान तथा खेतबारीलाई पिच मानेर प्लाष्टिकको बललाई घरमै ब्याट बनाएर उनी क्रिकेट खेल्ने गर्दछन्। न्यौपानेका बाबु रुक्मागत न्यौपानेको पोलियोका कारण दुवै खुट्टा सुकेका छन् भने आमा जमुना न्यौपानेको दाहिने हत्केला गुमेको छ। न्यौपाने अपाङ्ग दम्पत्तिका एक्ला सन्तान हुन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ