arrow

चिनियाँ नागरिकले पाकिस्तानी प्रहरीलाई कुटेपछि...

logo
प्रकाशित २०७६ पुष १९ शनिबार
arrest-final.jpeg

एजेन्सी। पाकिस्तानको कराँचीमा ट्राफिक प्रहरीलाई हातपात गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ परेका छन्। उनी बिरुद्ध मुद्दाको तयारी गरिएको छ।

कराँचीको कयुमाबादमा भएको घट्नामा चिनियाँ नागरिकले पार्किङ गर्न नमिल्ने ठाउँमा पार्किङ गर्न खोजेपछि रोक्न आएका ट्राफिक प्रहरीलाई ति चिनियाँका नागरिकले कुटपिट गरेका हुन्।

जमान ट्राफिक क्षेत्रमा खटिएका कन्सटेवल आमिरले ‘नो-पार्किङ’ क्षेत्रमा गाडी पार्किङ गर्न खोजेका चिनियाँलाई रोकेपछि रिसाएका ति चिनियाँ नागरिकले प्रहरीमाथि हातपात गरेका थिए।

हातपात गरेर भाग्ने क्रममा उनलाई स्थानीयले पक्राउ गरेर प्रहरीको जिम्मा लगाएका थिए। प्रहरीको हिरासतमा रहेका चिनियाँ नागरिक बिरुद्ध मुद्दाको तयारी गरिएको छ।

चीनको आफ्नो प्रभाव रहेका देशहरुबाट यस्तो हर्कत गरिरहने रिपोर्ट बारम्बार आईरहन्छ । उनीहरुमा स्थानीय कानुन आफ्नो हातमा लिने प्रवृती देखिएको छ। चीनका नाागरिकको यस्तो प्रवृतीले विश्वमा धेरै सरकारहरु अफ्ठ्यारोमा पर्ने गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ