इराक आक्रमण : नेटोद्वारा इराकमा तालिम अभियान स्थगित
एएफपी,
प्रकाशित २०७६ पुष १९ शनिबार
439
Shares
ब्रसेल्स। उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोले इराकमा यस पहिले सञ्चालन गर्दै आएको तालिम अभियानलाई स्थगित गरेको छ। अमेरिकाको हवाई आक्रमणबाट इराकको राजधानीस्थित एक अन्तर्राष्ट्रिय विमानस्थल नजिकै इरानी विशेष सुरक्षा बलका प्रमुख जनरल कासिम सुलेमानी, इराकमा पछिल्लो समय आन्दोलनरत विद्रोही समुहका प्रमुख नेता अबु महदी अल–मुहन्दीससहित छ जनाको मृत्यु भएको थियो।
अल–मुहन्दीसले इरानको समर्थनप्राप्त समूह कताइब हेजबुल्लाह र इरानसँग निकट अन्य लडाकू समूहहरूको छाता संगठन समूहको पनि नेतृत्व गर्दै आएका थिए। इराकमा नेटोका सयौँको सङ्ख्यामा सैनिक तैनाद भएका छन् भने उनीहरूले इराकी सेनालाई आवश्यक तालिम दिँदै आएको थियो।
इराकी सरकारले बग्दादमा इस्लामिक समूहका गतिविधि रोक्नका लागि नेटोको सहयोगका लागि माग गरे अनुरूप नेटोले आफ्ना अधिकारीलाई त्यहाँ पठाएको थियो।