arrow
ADVERTISEMENT

सिख समुदायको मक्का मदिना मानिने नानकना गुरुद्वारामा पाकिस्तानी मुस्लिम अतिवादीको आक्रमण

संसारभरका सिख समुदाय रुष्ट, कतिपय देशमा इमरान खानको जलाइयो पुत्ला

logo
प्रकाशित २०७६ पुष १९ शनिबार
nankana-ssahib.gif

काठमाडौं। पाकिस्तानमा रहेको शिख समुदायको पवित्र धार्मिकस्थल नानकना साहिव गुरुद्वारमा भएको आक्रमणका बिरुद्ध शिख समुदायले आक्रोश प्रकट गरेको छ। पाकिस्तानको नानकना साहिवमा शुक्रवार भएको आक्रमणलाई लिएर संसारभरका शिख समुदाय आक्रोशमा रहेका बेला भारतमा भने प्रदर्शन समेत भएको छ। 

पाकिस्तानमा गैर मुस्लिम धार्मिक अल्संख्यकमाथि भेदभावको प्रसङग सार्वजनिक भइरहेका बेला सिख समुदायको धार्मिक स्थलमाथि भएको आक्रमणको भारतका शिख समुदायले सडकमै उत्रेर बिरोध जनाएका हुन्। सिख समुदायको नानकना साहिवमा भएको आक्रमण मुस्लिम समुदायको मक्का मदिनामा भएको आक्रमण सरह भएको भन्दै सिख समुदाय रुष्ट रहेको छ। 

सिख समुदायले पाकिस्तानका अतिवादीहरुले नानकना साहिव भत्काउनुका साथै सो स्थानको नाम पनि नानकना साहिवको नामबाट हटाएर मुस्लिम नामाकरण गर्ने बताए पछि पाकिस्तानमा अल्पसंख्यकप्रति गरिने व्यवहारको पर्दाफास भएको भारतीय सरकारका अधिकारीहरुले बताएका छन्। उनीहरुले पाकिस्तानको यो घटनाले हालै भारतीय संसदबाट पारित भएको नागरिकता कानुनको औचित्य पुष्टी भएको समेत बताएका छन्। भारतले धार्मिक अल्पसंख्यकहरुमाथि भएको ज्यादती रोक्दै उनीहरुको अधिकार रक्षाको लागि पाकिस्तान सरकारलाई कदम चाल्न समेत भनेको छ।

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी, विपक्षी दल काग्रेस आइ, अकाली दल लगायतले पाकिस्तानमा सिख समुदायप्रति भएको आक्रमणको बिरोध जनाएका छन्। भारतभर पाकिस्तानका प्रधानमन्त्री इमरान खानको पुत्ला समेत जलाएर बिरोध भएको छ। 

भारतीय सिख समुदायका लागि करतारपुर करिडोर खोल्दा पाकिस्तानले आफ्नो देश अल्पसंख्यक समुदायप्रति उदार रहेको दर्शाउन खोजेपनि सिख समुदायकै अर्को गुरुद्वारामा भएको यो आक्रमणले उसको असली चरित्र उदाङगिएको भारत सरकारले आरोप लगाएको छ। 

पाकिस्तानमा २०१९ अगस्टमा अपहरित सिख समुदायको युवती जगजीत कौरको अपहरण गरि जवर्जस्ती धर्म परिवर्तन गराउने मुस्लिम परिवारको तर्फबाट नेतृत्व गर्दै गुरुद्वारामा आक्रमण भएको थियो। अपहरित सिख युवतीको परिवारको तर्फबाट उनलाई सकुसल फिर्ता गर्न माग हुँदै आएको छ। 

गुरुद्वारामा जम्मा भएका सयौंका संख्याका मुस्लिम अतिवादीहरुले ढुङगामुढा गर्नुका साथै गुरुद्वारा भत्काउने चेतावनी दिएका थिए। उनीहरुले सबै सिखहरुलाई सो क्षेत्रबाट धपाउने समेत चेतावनी दिएका थिए। 

सो घटनाको बारेमा पाकिस्तानी प्रधानमन्त्री खानलाई टवीट गरि जानकारी गराएपनि खानले जवाफमा बंगलादेशको सन् २०१३ को एक दंगाको पुरानो भिडियोलाई टवीट गर्दै भारतमा मुस्लिम समुदाय बिरुद्ध प्रहरीले ज्यादती गरेको भन्न भ्याएका थिए। 

पाकिस्तानको परराष्ट्र मन्त्रालयले पनि कसैले पनि गुरुद्वारामा आक्रमण नगरेको तथा केहि समुहले गुरुद्वारा नजिकै चियापसलमा झगडा गरेको प्रष्टिकरण दिएको थियो। तर भिडियोमा भने गुरुद्वारामा हुलहुज्जत गरि आक्रमण गरिएको प्रष्ट देखिए पनि पाकिस्तान सरकारले ढाँटेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ