arrow
ADVERTISEMENT

इमरान खानले आठ पटक उडाए आफ्नो मजाक

logo
प्रकाशित २०७६ पुष १९ शनिबार
imran-khan-PM.jpg

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले एक वर्षमा आठ पटक आफ्नो मजाक उडाएका छन् । 

पूर्व पाकिस्तानी क्रिकेटर खानले विभिन्न हर्कतहरु गर्दै जाँदा आफ्नो त मजाक उडाउँछन् नै देशको गरिमालाईसमेत घटाउने गरेको पाइएको हो । 

एक वर्षको अवधिमा खानले आठ वटा त्यस्ता गतिविधि गरे जसले उनी आफै मजाकको पात्र बने । 
यस्ता छन् उनका आठ मजाक
१, गत शुक्रबार ( ३ जनवरी २०२० मा) उनले एक भिडियोमार्फत भारतलाई निशाना बनाउने क्रममा यूपी पुलिसको ज्यादतीको भिडियो पोष्ट गरे । तर उनले भुले त्यो भिडियो ७ वर्ष पुरानो बंगलादेशको थियोI

२, २५ अगष्ट २०१९ मा इमरान खानले इरानमा संवोधन गर्दै भनेका थिए, ‘दोस्रो विश्वयुद्धमा जापान र जर्मनीले आपसमा लाखौं नागरिकको ज्यान लिए तब सीमामा संयुक्त कारखाना बनाए ।’ यो उनलाई थाहा नै थिएन कि दुई देशबीच ९०७१ किलोमिटरको हवाइ दूरी छ । 

३, जुन २०१९ मा कीर्गिस्तानको राजधानी विश्केकमा शंघाई सहयोग सम्मेलनको हलमा प्रवेश गर्ने क्रममा हरेक देशका राष्ट्राध्यक्षलाई बोलाइयो । अरु उठ्दै गए इमरान बसिरहे । एक अफिसरले गएर बताएपछिमात्र उनी उठे । त्यतिन्जेल खान सामाजिक संजालमा छाइसकेका थिए । 

४, सन् २०१९ को सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको सभामा बढीमा २० मिनेट बोल्ने चलन छ । इमरानले ५२ मिनेटसम्म बोले । २० मिनेटपछि घण्टी बजे पनि उनी रोकिएनन् । सामाजिक संजालमा फेरि मजाक बने । 

५, राष्ट्रसंघको संवोधनका क्रममा उनले चार वटा गल्ती गरेका थिए । उनले गल्तीमाथि गल्ती गर्दै जाँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भन्नुपर्नेमा भारतीय राष्ट्रपति नरेन्द्र मोदी नै भनिदिए । 

६, राष्ट्रसंघमा जाँदा इमरान साउदी हुँदै गएका थिए । साउदीमा युवराज सलमानले आफ्नो विमान दिएका थिए । तर फर्किने बेलामा भने कमर्शियल फ्लाइटमा फर्कनु पर्यो । इमरानको भाषणप्रति असन्तुष्ट भएसंगै सलमानले विमान फिर्ता बोलाएका थिए । 

७, नोभेम्बर २०१९ मा इमरानले पाकिस्तानको इस्लामावादको एक विश्वविद्यालयमा भाषण दिने क्रममा ‘बोटविरुवाले रातमा अक्सिजन छोड्छन्’ भनेका थिए । तब पाकिस्तान पिपुल्स पार्टीका प्रमुख बिलावल भुट्टोले खानको समान्यज्ञानमा त नोबेल पुरस्कार दिनुपर्ने भनेका थिए । खान मजाकका पात्र बने ।

८, २०१९ को डिसेम्बर १७ मा इमरानले साउदी अरब र युएईबाट अपमानित हुन पुगेपछि आफ्नै अध्यक्षतामा हुने भनिएको क्वालालम्पुर समिटबाट टाढिनु परेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ