arrow

राष्ट्रियसभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता, बिहान १० देखि दिउँसो ३ बजेसम्म

logo
प्रकाशित २०७६ पुष २० आइतबार
election-commission.jpg.jpeg

काठमाडौं । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ । 

निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित प्रदेशको उच्च अदालत रहेका जिल्लामा स्थापना भैसकेको छ ।

उम्मेदवारले मनोनयनपत्र दर्ताका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर पेश गर्नुपर्ने छ ।

महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिकरुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ ।

राष्ट्रियसभामा नेकपाका ८, नेपाली कांग्रेसका ७ र राजपाका २, समाजवादीका १ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित १ गरी कूल १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ सकिने भएकाले निर्वाचन गर्न लागिएको हो । 

१८ जना निर्वाचनका माध्यमबाट चयन हुने छन् । एक जनाको भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने छ ।

निर्वाचन आगामी माघ ९ गते हुनेछ ।  राष्ट्रियसभा सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

१८ पदका लागि सत्तारुढ दल नेकपाले राजपासंग र प्रतिपक्षी दल काँग्रेसले समाजवादी पार्टी नेपालसंग सहमति गरेका छन् । 

नेकपाले १८ मध्ये १६ वटा आफूले राखेको छ । त्यसभित्र पनि पूर्व एमालेलाई ९ र पूर्व माओवादीलाई ७ उम्मेदवार दिइएको छ ।

प्रदेश २ मा नेकपाले राजपासंग साझेदारी गरेको हो । जहाँ दुई उम्मेदवार राजपाका हुनेछन् । 

त्यसैगरी काँग्रेसले प्रदेश २ मै समाजवादीसंग दुई सिट दिएर साझेदारी गरेको हो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ