arrow

एफए कप फुटबलका २० खेल, ६७ गोल

logo
प्रकाशित २०७६ पुष २० आइतबार

काठमाडौं । इंगलिश एफ ए कप फुटबलमा शनिबार राति २० खेल भएका छन् । जसमा ६७ गोल भएका छन् ।

म्यान्चेस्टर सिटी विजयी हुँदा म्यान्चेस्टर युनाइटेडले बराबरीमा चित्त बुझायो । लेस्टर सिटी र बर्नमाउथले पनि जित निकाल्दै प्रिक्वार्टरफाइनलमा स्थान बनाएका छन् । 

म्यान्चेस्टर सिटीले पोर्ट भेललाई ४–१ गोल अन्तरले हराएको हो । सिटीले गत सिजन चारैवटा घरेलु ट्रफी जितेको थियो ।

अलेक्सान्डर जिन्चोन्को, सर्जियो अग्युरो, टेलर हारवुड र फोडिनले १–१ गोल गरे । टोम पोपीले भेलका लागि सान्त्वना गोल फर्काए । 

यस्तो छ अन्य खेलको नतिजा
लेस्टर २–० विगान एथलेटिक
वुल्भरह्याम्पटन वान्डेरर्स ०–० म्यान्चेस्टर युनाइटेड
बर्नमाउथ ४–० लुटन टाउन
फ्लिटवुड टाउन १–२ पोर्टमाउथ
वाटफोर्ड २–३ ट्रामर रोभर्स
साउथह्याम्पटन २–० हडर्सफिल्ड टाउन
रिडिङ २–२ ब्ल्याकपुल
प्रेस्टन नर्थ इन्ड २–४ नर्विच सिटी
अक्सफोर्ड ४–१ हार्टेलपुल युनाइटेड
फुल्हम २–१ एस्टनभिल्ला
कार्डिफ सिटी २–२ कार्लिस्ले युनाइटेड
ब्राइटन ०–१ शेफिल्ड वेनस्डे
ब्रन्टफोर्ड १–० स्टोक सिटी
रोथरहम युनाइटेड २–३ हल सिटी
रोचडाले १–१ न्युकासल युनाइटेड
मिल्वाल ३–० न्युपोर्ट काउन्टी
बर्नली ४–२ पिटर्सब्रो युनाइटेड
ब्रिस्टल सिटी १–१ श्रेस्वरी टाउ
बर्मिङघम २–१ ब्ल्याकबर्न रोभर्स

आगामी खेल
आइतबार राति ११ खेल हुँदैछन् । 
चेल्सी र नटिंघम फरेस्ट
लिभरपुल र एभर्टन
मिडिल्सब्रो र टोटनह्याम हट्सपर
क्यूपीआर र स्वान्सी सिटी


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ