- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । फूलनदेवीबाट बेन्डिट क्वीन बनेको बेहमई काण्डको ३९ वर्षपछि फैसला हुँदैछ ।
सन् १९८१ को फेब्रुअरी १४ तारिखमा उक्त काण्ड भएको थियो । त्यतिबेला फूलनदेवी र उनका ३५ साथीहरुले २२ जनाको गोली मारेर हत्या गरेको थियो ।
त्यो चर्चित हत्याकाण्डको ३९ वर्षपछि अदालतको फैसला आउँदैछ । ६ जनवरी (सोमबार) उक्त काण्डको फैसला आउन लागेको हो ।
त्यसो त्यस्तो घटना हो जसमा ३५ आरोपीमध्ये जम्मा ५ जनामाथि मात्र आरोप लागेको छ ।
तिनीहरुमा श्याम बाबु, भीखा, विश्वनाथ, पोशा र राम सिंह हुन् । राम सिंहको गएको १३ फेब्रुअरीमा जेलमा मृत्यु भएको छ । पोशा अझै जेलमै छ भने तीन आरोपी जमानतमा छन् ।
यो घटनामा ६ जनालाई साक्षी बनाइएकामा २ जना मात्र जिवित छन् ।
किन फूलन बनिन् बेन्डिट क्वीन ?
फूलनका बाबुको ४० बिघा जमीनमा चाचाले कब्जा जमाए । ११ सालको उमेरमा फूलनले चाचासंग आफ्नो जमीन मागिन् ।
चाचाले फूलनमाथि डकैतीको मुद्दा दर्ता गराए । फूलनलाई जेल सजाय भयो । जब जेलबाट छुटिन् तब डाँकाहरुको समूहमा आइन् ।
दोस्रो ग्याङका मानिसहरुले फूलनमाथि सामूहिक बलात्कार गरे । यसको बदला लिनका लागि फूलनले बेहमईमा २२ जनालाई गोली हानेर मारिन् ।
यो घटनापछि फूलनदेवी बेन्डिट क्वीनका नामले चिनिन थालिन् ।
महेशपुर गाउँमा फूलनका पहिलो श्रीमान पुत्तिलाल बस्छन् । करिब ८० वर्षका उनलाई फूलनको सम्पत्तिको आशा अझै छ । जब फूलनको हत्या भयो तब उम्मेद सिंह र पुत्तिलालले सम्पत्तिका लागि पति भएको दावीसहित अदालत गएका थिए ।
त्यो सम्पत्ति अझै पुत्तिलालले पाएका छैनन् । कूल ११ करोड भारुको सम्पत्तिमाथि दावी गरिएको छ । पुत्तिलालकी एक पत्नीको मृत्यु भइसकेको छ । फूलन त्यहाँबाट गएकी थिइन् । हाल एक पत्नी छिन् ।
१९६३ को अगष्ट १० मा जन्मिएकी फूलनदेवीको सन् २००१ को जुलाई २५ मा हत्या भएको थियो ।
उनी सांसद पनि बनेकी थिइन् ।
उनको नाममा बेन्डिट क्वीन फिल्म नै बनेको थियो ।