arrow

महाकाली नदीमा नेपाल, बुद्धको मूर्ति राख्न सुझाव

logo
रासस,
प्रकाशित २०७६ पुष २० आइतबार
makuney.jpg

कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आइतबार महाकाली नदीमा निर्माणाधीन चार लेन पुलको स्थलगत अवलोकन गरेका छन् । उनले पुल निरीक्षण गर्दै पुल निर्माणकार्य निर्धारित समयमा सकिनु पर्ने र यसलाई स्थानीयको आम्दानी तथा संस्कृतिसित जोडिनुपर्ने बताए ।

“यो महाकाली नदी हो, त्यसैले कालीमाता र शान्तिको सन्देश दिने गरी बुद्धको मूर्ति राख्न राम्रो हुन्छ” उनले भने । पुल निरीक्षणसँगै उनले महाकाली पुल जोड्ने छ लेन सडकसमेतको निरीक्षण गरे । सडक निर्माणले स्थानीय बासिन्दाको आयमा वृद्धि हुने उनले विश्वास व्यक्त गरे ।

नेता नेपालसँग पुल निरीक्षणमा नेकपा केन्द्रीय सदस्य रामकुमार ज्ञवाली, कञ्चनपुर क्षेत्र नं. ३ का साँसद डा दिपकप्रकाश भट्टसहित सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर सुनार, लालबहादुर खड्का, भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट, पूर्वमन्त्री उर्वादत्त पन्तलगायतका नेता सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ