arrow

दीपिकालाई सुपरस्टार बनाएका पाँच चलचित्र

logo
प्रकाशित २०७६ पुष २० आइतबार
Deepika_hamrakura.jpg

काठमाडौं । दीपिका पादुकोण बलिउडको सबैभन्दा धेरै पारिश्रमिक लिने नायिका हुन् । कुनै फिल्म खेलेको उनले १५ करोड भारुभन्दा बढि लिने गर्छिन् । साथै, उनी फोर्ब्स सूचीको सबैभन्दा शक्तिशाली महिलाको उपाधि पनि पाएकी छन् । ५ जनवरी १९८६ मा जन्मेकी दीपिकाको आइतबार जन्मदिन हो । जन्मदिनमा उनका केहि विशेष  पाँच चलचित्र छन् ।  दीपिका कट्रिना कैफको गल्तीको कारण अत्यधिक चर्चामा आएकी हुन् ।

कुनै समय अक्षयकुमार र कट्रिनाको जोडी निकै चर्चामा थियो । नमस्ते लण्डनपछि कट्रिना कैफलाई धेरै फिल्मबाट प्रस्ताव आएको थियो तर उनले अस्वीकार गरेकी थिइन् । पछि उक्त फिल्ममा दीपिका पादुकोणले अभिनय गरेकी थिइन्, जुसले उनलाईै सुपरस्टार बनायो ।

लामो समयपछि कट्रिना कैफको फिल्म 'टाइगर जिन्दा है' बजारमा आयो । बलिउडमा निकै चर्चामा रहेको फिल्म 'जवानी है दीवानी'को लागि कट्रिनालाई सुरुमा प्रस्ताव गरिएको थियो । उनले अस्वीकार गरेसँगै दीपिका पादुकोणले यो फिल्ममा अभिनय गरेकी थिइन् । यो फिल्मले एक सय करोडभन्दा बढी आम्दानी गरेको थियो ।

शाहरुख खानको साथमा कट्रिना कैफको जोडी 'जब तक हे जान' मा निकै रुचाइएको थियो । यसपछि रोहित शेट्टीले आफ्नो आगामी फिल्म 'चेन्नई एक्सप्रेस'मा पहिलो रोजाइको छनोटमा कट्रिना परेकी थिइन् । तर उनले अस्वीकार गरेकी थिइन् । त्यसपछि दीपिकाको भागमा यो फिल्म परेको थियो ।

रामलीलाबाट दीपिका पादुकोण र रणवीर सिंहको प्रेमकहानी यो फिल्मबाट सुरु भएको थियो । अहिले यो जोडीले विवाहसमेत गरेको छ भने बलिउडको सबैभन्दा लोकप्रिय जोडी बन्न पुगेको छ । यो फिल्मको लागि पनि कट्रिनालाई पहिलो प्रस्ताव गएको थियो तर उनले त्यसका लागि अस्वीकार गरेकी थिइन् ।

एकतर्फ दीपिका ठूला ठूला फिल्मबाट आएको प्रस्ताव स्वीकार गर्दै गइन् भने अर्कोतर्फ कट्रिना एउटै गल्ती दोहोर्‍याउँदै गइन् । ह्याप्पी न्यु इयर फिल्मका लागि पनि कट्रिनाले अस्वीकार गरेकी थिइन् । त्यसपछि यो फिल्म खेल्ने मौका दीपिकालाई मिलेको थियो ।

सिंघम करिनाभन्दा पहिला यो फिल्मको रोल कट्रिनालाई प्रस्ताव गरिएको थियो । कट्रिनाले उक्त फिल्ममा अर्जुन र रणवीरजस्ता स्टार हुँदाहुँदै पनि फिल्म अस्वीकार गरेकी थिइन् ।

बजीराव मस्तानीलाई पनि अस्वीकार गर्नुले भने कट्रिनाको समस्या रणवीर सिंहसँग रहेको हुनसक्ने अनुमान गर्न थालिएको छ । यो फिल्मको अवसर पनि दीपिकालाई मिलेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ