arrow

वीपीको नाममा गिरिजाप्रसाद कोइराला फाउन्डेशनद्धारा अमेरिकामा कार्यक्रम

logo
प्रकाशित २०७६ पुष २० आइतबार
girija-prasad-koirla-founda.jpg

न्यूयोर्क । गिरिजाप्रसाद कोइराला फाउन्डेशन अमेरिकाले ४४ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ ।

शनिबार फाउन्डेशनको कार्यालय ७२–२४ ब्रोडवे ज्याक्सन हाइट्स न्यूयोर्कमा यो कार्यक्रम भएको हो । फाउन्डेशनले वीपी कोइरालाले २०३३ पुस १६ गते नेपालको बहुदलीय प्रजातन्त्रको मुल्य र मान्यतालाई आत्मसात गर्दै स्वतन्त्र, सार्वभौम र अखण्ड देश नेपालको संरक्षण र संबर्द्धन संवाद, सहमति, सहकार्य र एकताबाट मात्र सम्भव हुने आत्मसात् गर्दै  निर्वासित जीवन परित्याग गरी राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएको दिनलाई  स्मरण गर्दै आफ्नै कार्यालयमा मनाएको जनाएको छ । 

कार्यक्रममा क्विईन्स कम्यूनिटी वोर्ड ५ सदस्य तथा नेपाली कॉंग्रेसका युवा नेता ज्ञानल थापा, गिरिजाप्रसाद कोइराला फ़ाउन्डेशनका केन्द्रीय सदस्य रामचन्द्र अधिकारी, प्रेम पौडेल, दावा शेर्पा, नेविसंघ अमेरिका शाखाका अध्यक्ष प्रभात राज सापकोटा, एनआरएनए अमेरिका शाखाका कोषाध्यक्ष शोभाकान्त पाण्डे, काभ्रे समाजका उपाध्यक्ष मोहन विष्ट, नेपाली कॉंग्रेस न्यूयोर्कका नेता टकवहादुर रूवाली, सुर्य सिंखडा लगायतले आफ्ना महत्वपूर्ण धारणा राखेका थिए ।

प्रमुख अतिथि शारदा क्षेत्रीले आफु चार पुस्ते काँग्रेस भएको स्मरण गर्दै जनसम्पर्क समिति अमेरिकाको विकृतिलाई सफा मुहान बनाउन सबै एक भएर लाग्न जरुरी रहेको बताइन् । उनले वीपीका विचारलाई हामी सबैले आत्मसात गर्दै मेलमिलाप गर्नु आजको आवश्यकता भएको बताइन् । 

कार्यक्रममा सहभागीहरुले वीपी कोइरालाको एकता र मेलमिलापको बारेमा विभिन्न सकारात्मक कोणबाट चर्चा गरिएको थियो। अधिकांश वक्ताहरूले मेलमिलाप तथा एकता सर्वप्रथम आफु र आफ्नै पार्टी भित्रबाट सुरु गर्नु पर्नेमा जोड दिए । 

मेलमिलाप नेपाली जनसम्पर्क समिति अमेरिका, मातृ पार्टी नेपाली कॉंग्रेस हुँदै राष्ट्रीय राजनीतिमा सर्वदलीय एकता अपरिहार्य रहेको अन्यथा नेपालमा विकासको परिणाम सन्तोषजनक नहुने तर्कलाई कार्यक्रममा प्राथमिकताका साथ उठाईएको थियो । 

फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरेको सभापतित्व र शारदा क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको स्वागत फाउन्डेशनका उपाध्यक्ष सुबर्ण लामाले गरेका थिए भने फ़ाउन्डेशनकै केन्द्रीय सदस्य छिरिगं राप्के लामाले कार्यक्रम सन्चालन गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ