arrow

भारत र श्रीलंकाको पहिलो टी–२० क्रिकेट रद्द

logo
प्रकाशित २०७६ पुष २१ सोमबार
birat-umpire.jpg

काठमाडौं । भारत र श्रीलंकाबीचको पहिलो टी–२० क्रिकेट रद्द भएको छ । भारतको गुवाहाटीमा आइतबार बेलुकी ७ः१५ देखि सुरु हुनुपर्ने खेल वर्षाले हुन नसकेपछि रद्द भएको हो । 

खेल रद्द हुनुअघि भारतले टस जितेर फिल्डिङ रोजेको थियो । तर वर्षा भएपछि श्रीलंका ब्याटिङका लागि मैदानमा उत्रनै सकेन ।  

तीन खेलको सिरिजको पहिलो खेल रद्द भएपछि गुवाहाटीका दर्शक निकै उत्तेजित भएका छन् । पिच सुकाउन हेयर ड्रायर र आइरन गरेर सुकाउन खोजे पनि सम्भव नभएपछि स्थगित गर्नुपरेको हो । 

जित निकाल्दै भारतले अग्रता बनाउन चाहेको थियो । विगत भारतको राम्रो छ । अहिलेसम्म १६ टी–२० भएकामा भारतले ११ तथा श्रीलंकाले ५ खेल जितेको छ । 

भारतका लागि जसप्रित बुमराह ४ महिनापछि खेल्दैछन् भने शिखर धवन दुई महिनापछि टिममा फर्केका छन् । 

यो सिरिजमा रोहित शर्मा छैनन् । रोहित नहुँदा कप्तान विराट कोहलीलाई रेकर्ड बनाउन सजिलो भएको छ । 

रोहित र कोहलीले टी–२० मा समान २६३३ रन बनाएका छन् । रोहितले आराम पाएर कोहली खेल्दा एक रन बनाउना साथ कोहलीको रेकर्ड हुनेछ । 

भारतले अहिलेसम्म श्रीलंकासंग ६ सिरिज खेलेको छ । जसमा भारतले ५ सिरिज जितेको छ भने एक बराबरी भएको थियो । 

तीन खेलको सिरिजको दोस्रो खेल इन्दौरमा मंगलबार (७ जनवरीमा) हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ