arrow
ADVERTISEMENT

जेएनयूमा हिंसा, छात्र संघका अध्यक्षसहित १८ घाइते 

logo
प्रकाशित २०७६ पुष २१ सोमबार

काठमाडौं । भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरु युनिभर्सिटी (जेएनयू) मा आइतबार साँझ भएको प्रदर्शनमा हिंसा हुँदा छात्र संघका अध्यक्षसहित १८ जना घाइते भएका छन् । 

अध्ययन शुल्क बढेकामा घटाउन माग गर्दै गरिएको प्रदर्शनमा छात्र संघका अध्यक्ष आइशी घोषसहित १८ जना घाइते भएका हुन् । 

उक्त प्रदर्शनमा गुन्डा छिरेर विद्यार्थीमाथि अन्धाधुन्ध प्रहार गरेको आरोप लागेको छ । गुन्डाहरुले मास्क लगाएर आएका थिए । 

जेएनयूका पूर्व प्रोफेसर योेगेन्द्र यादवमाथि पनि आक्रमण भएको छ । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई कठिन परेको थियो । 

छात्र संगठनले विद्यार्थीमाथि भएको मारपीटको विरोध गर्दै दिल्ली पुलिस मुख्यालय बाहिर प्रदर्शन गरेका थिए । 

जेएनयू आक्रमणको विरोधमा पुने, मुम्बई लगायत विभिन्न स्थानमा विद्यार्थीहरुले ऐक्यवद्धता जनाएका छन् । 

भारतीय गृहमन्त्री अमित शाहले घटना जाँचका लागि आदेश दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ