arrow
ADVERTISEMENT

भारतीय गृहमन्त्री शाहले राहुल, प्रियंका र केजरीवाललाई लगाए यस्तो आरोप

logo
प्रकाशित २०७६ पुष २१ सोमबार
amit-shah1.jpg

काठमाडौं । भारतीय गृहमन्त्री अमित शाहले प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेताहरु राहुल गान्धी र प्रियंका गान्धीसंगै दिल्लीका मुख्यमत्री अरविन्द केजरीवालमाथि आम मानिसलाई भ्रममा पारिरहेको आरोप लगाएका छन् ।  

विधानसभा चुनावभन्दा पहिले भाजपा अध्यक्ष रहेका शाहले दिल्लीको तालकटोरा स्डेडियममा आयोजित पार्टीका बुथ स्तरीय कार्यकर्तालाई संवोधन गर्ने क्रममा राहुल र प्रियंकाले जनतालाई भ्रममा पारेर दिल्लीमा दंगा गराएको आरोप लगाएका हुन् । 

शाहले दिल्लीका मुख्यमन्त्री केजरीवालले पाँच वर्ष दिल्लीका जनतालाई धमिलोमा राखिरहेको भन्दै त्यसको हिसाव भाजपाले माग्ने पनि बताए । 

उनले प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिका विधेयक सीएए लिएर आएकोमा मन्त्रीपरिषदले मन्जूरी दिएपछि लोकसभामा पारित भएको भन्दै त्यसपछिमात्र राहुल, प्रियंका र केजरीवालले जनतालाई भ्रममा पार्ने काम गरेको बताए । शाहले के यस्तै भ्रममा पार्ने सरकार दिल्लीवासीले खोजेका हुन् त ? भनी प्रश्न गरे । 

नागरिकता कानुनको विरोप्रति शाहले विपक्षीले पाकिस्तानमा अल्पसंख्यकहरुमाथि अत्याचार नभएको बताउँदै आएका छन् भन्दै उनले उनीहरुलाई आँखा खोलेर हेर्न आग्रह गरेक छन् र भनेका छन् – विगतमा ननकाना साहिब जस्तो पवित्र स्थलमा हमला भएको छ । त्यहाँ सिख समूदायलाई आतंकित पार्ने काम पाकिस्तानले गरेको छ ।’

गृहमन्त्री अमित शाहले कांग्रेससंग आम आदमी पार्टी पनि सामेल भएको भन्दै निशानामा दुई पार्टी रहेको स्पष्ट पारेका छन् । 

काँग्रेसले राम जन्मभूमि मामिला वर्षौंदेखि रोकेर राखेको आरोप लगाउँदै शाहले सर्वोच्च अदालतले फैसला गरेपछि अब राम जन्मभूमिमा मन्दिर बन्नुपर्ने बताए । उनले यो मुद्दामा पनि कांग्रेसले अदालतको विरोध गरेको आरोप लगाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ