arrow

भ्रष्टाचार रोक्ने उपाय खोज्न नेपाली अधिकारीहरु गान्धी नगरमा

logo
प्रकाशित २०७६ पुष २१ सोमबार
ciaa-tranning.jpg

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २१ जना अधिकारीको दोस्रो ब्याचले भारतको गुजरातको गान्धी नगर स्थित गुजरात फरेन्सिक साइन्सेस युनिभरसिटीमा ‘ठगी, घूसखोरी र भ्रष्टाचार निवारण’ विषयमा पौष २१ गतेबाट ६ दिने प्रशिक्षण सुरु गरेका छन्।

यस प्रशिक्षण कार्यक्रमले नेपाली अधिकारीको क्षमता विकासमा सघाउँ पुग्ने बिश्वास लिइएको छ। यस अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग कै २१ जना अधिकारीको पहिलो ब्याचले मंसीर ३० गतेदेखि पौष ५ गतेसम्म सोही विषयमा प्रशिक्षण लिइसकेको बताइएको छन्। संकायका अनुभवी सदस्यहरुबाट संचालित सो प्रशिक्षण नेपाली अधिकारीले अत्यन्तै राम्रो र फलदायी रहेको बताए। नयाँ तथा उपयोगी विचार सहित अनुसन्धान कार्यलाई अघि बढाउन सो प्रशिक्षणले नेपाली अधिकारीलाई सक्षम बनाएको छ।

नेपाल सरकारको आग्रहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कूल ४२ अधिकारीका लागि तयार पारिएको यो एक विशेष कोर्ष हो। नेपालमा भ्रष्टाचारका गतिविधिहरुमा अंकुश लगाउन एवम् सुशासन कायम राख्न यो कोर्षले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संस्थागत क्षमतालाई सुदृढ पार्ने बताइएको छ। मुख्यतः भ्रष्टाचारका कारकहरुको पहिचान, अर्थतन्त्रमा यसको प्रभाव तथा यसको पहिचान र रोकथामका लागि प्रयोग हुने विधिहरुमा यो कोर्ष केन्द्रित छ।

सूचना प्रविधिमा आधारित अनुसन्धानका लागि यो कार्षले अधिकारीको सीप अभिवृद्धि गर्नुका साथै उनीहरुको विश्लेषणात्मक क्षमतालाई तिखारी नयाँ विधिहरु सिक्नलाई मद्दत गर्नेछ। अन्ततः यसले भ्रष्ट तथा ठगी गर्ने व्यक्तिहरुको पहिचान, निवारण गर्न यी अधिकारीलाई सक्षम बनाउने बिश्वास लिइएको छ।

फरेन्सिक विज्ञान, अपराध अनुसन्धान, सुरक्षा तथा व्यवहार विज्ञान र अपराध विज्ञान क्षेत्रमा फरेन्सिक विज्ञलाई प्रशिक्षण दिनका लागि गुजरातको गान्धी नगर स्थित गुजरात फरेन्सिक साइन्सेस युनिभरसिटीमा अधिकारीलाई प्रशिक्षण दिइएको छ। भारत सरकारको पूर्ण सहयोग रहेको सो कोर्ष भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग कार्यक्रम अन्तर्गत रहेको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ