arrow
ADVERTISEMENT

पेशावर शहरमा शिख युवकको गोली हानी हत्या, अल्पसंख्यकहरु त्रसित

logo
प्रकाशित २०७६ पुष २१ सोमबार
parvinder-singh-pak.jpg

एजेन्सी। पाकिस्तानको पेशावर शहरमा पाकिस्तानी शिख युवकको गोली हानी हत्या भएको छ। शनिवार साँझ भएको हत्याको पुष्टी प्रहरीले आईतवार गरेको थियो।

मलेसियामा कार्यरत २५ बर्षिय परविन्दर सिंहको आफ्नो विवाहको किनमेलका लागि शहर आएको बेला हत्या भएको हो। लाहोरको गुरुद्वारामा भएको आक्रमणको भोलिपल्ट उक्त हत्या भएको हो। पाकिस्तानका अल्पसंख्यक शिख समुदायले यस्को बिरोध गरेका छन्।

मृतकका दाइ स्थानीय पत्रकार हरमित सिंहका अनुसार परविन्दर विवाहका लागि मलेसियाबाट एक महिना अगाडी मात्र पाकिस्तान आएका थिए। हरमितलाई भाइको हत्या भएपछि हत्याराले फोन गरेर हत्याको जानकारी दिएका थिए।

हर्मितका अनुसार ‘हामी अल्पसंख्यकहरु पाकिस्तानमा एकदमै असुरक्षित छौं। हाम्रो उजुरीहरु प्रहरीले सजिलै लिन मान्दैन।‘

स्थानीय प्रहरी भन्छ ‘ अज्ञात व्यक्तिले परविन्दरको हत्या गरेको छ र हामी अनुसन्धान गरिरहेका छौं।‘

‘पाकिस्तान सरकारको अल्पसंख्यकहरु पाकिस्तानमा सुरक्षित छन् भन्ने बारम्बारको अभिव्यक्ती गलत सावित भएको छ। पाकिस्तानबाट हिन्दु, शिख, क्रिस्चियन पलायन हुनुभन्दा अघि पाकिस्तान सरकारले सोचोस्, यि अल्पसंख्यक समुदायहरु पनि पाकिस्तानका गहना हुन्।‘ हर्मितले भने।

पाकिस्तानको उत्तर-पश्चिम साङ्ला प्रदेशमा १० बर्ष अघिसम्म ४० शिख परिवार बसोबास गर्थे भने अहिले पाँच परिवार मात्र रहेका छन्। पाकिस्तान सरकारको अल्पसंख्यकहरुलाई हेर्ने रवैयाले अल्पसंख्यकहरु पलायन हुने गरेको स्थानीयले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ