arrow

अमीषालाई आमाले कुटेर निकालिन‍् घरबाट, बुबामाथि १२ करोडको आरोप

logo
प्रकाशित २०७६ पुष २१ सोमबार
amisha-patel.jpg

काठमाडौं । भारतीय अभिनेत्री अमीषा पटेलले सन् २००० मा ‘कहो ना प्यार है’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिइन् । अमीषा ती नायिकामध्येकी एक हुन् जसको पहिलो फिल्म सुपरहिट भएको थियो । यो फिल्म हिट भएपछि सन् २००१ मा उनको अर्को फिल्म ‘गदर’ले राम्रो प्रदर्शन गरेको थियो ।

फिल्ममा आएसँगै अमीषा पटेल र व्यावसायी नेस वाडियाका बीच अफेयर्सको समाचार पनि आएको थियो । दुवै एकै कलेजमा पढ्थे । नेस वाडिया अमीषासँग विवाह गर्न चाहन्थे तर अमीषा फिल्ममा आफ्नो करियर बनाउन चाहन्थिन् । यो कुराले उनीहरुको ब्रेकअप भएको थियो ।

नेस वाडियापछि अमीषाको नाम निर्देशक-निर्माता विक्रम भट्टसँग जोडिएको थियो । तर, घरपरिवारले भने उनको यो सम्बन्धलाई रुचाएका थिएनन् । अमीषाले सञ्चारमाध्यममा दिएको एक बयानमा उनलाई आफ्नी आमाले चप्पलले पिटेर घरबाट निकालिदिएकी थिइन् । तर, अमीषा र विक्रमको सम्बन्ध भने लामो समय टिक्न सकेन । सन् २००८ मा उनीहरुको ब्रेकअप भएको थियो ।

यसका साथै अमीषाको उनका परिवारसँग सम्पत्तिको विषयमा पनि विवाद भएको थियो । अमीषाले आफ्ना बाबुविरुद्ध १२ करोड अनियमितताको आरोप लगाएकी थिइन् । उनले बाबुले पैसाको गलत प्रयोग गरेको आरोप लगाएकी थिइन् ।

अमीषा ठूलाठूला पार्टीमा देखिने गरेकी छिन् । उनलाई धेरैपटक पार्टीमा मदिराको नशामा डुबेकी भेटिएको थियो । टीभी एक्टर कुशाल टण्डनसँग पनि उनको नराम्रोसँग झगडा भएको थियो । जसको कारण उनी चर्चामा आएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ