arrow

बेहमई काण्डको फैसला अझै आएन, फूलनदेवी हत्याको १९ वर्ष भयो,परिवारले पाएन राहत

logo
प्रकाशित २०७६ पुष २१ सोमबार
fulandevi.jpg

काठमाडौं । फूलनदेवीबाट बेन्डिट क्वीन बनेको बेहमई काण्डको ३९ वर्षपछि सोमबार हुने भनिएको फैसला फेरि सरेको छ । फैसला अब १८ जनवरीमा हुने भएको छ । 

सोमबार फैसला हुने भनिएकामा बचाउ पक्षले दलील पेश गर्न समय मागेपछि फैसलाको समय बढाइएको हो । 

सन् १९८१ को फेब्रुअरी १४ तारिखमा उक्त काण्ड भएको थियो । त्यतिबेला फूलनदेवी र उनका ३५ साथीहरुले २२ जनाको गोली मारेर हत्या गरेको थियो । 

त्यो चर्चित हत्याकाण्डको ३९ वर्षपछि अदालतको फैसला आउँदैछ । ६ जनवरी ९सोमबार० उक्त काण्डको फैसला आउन लागेको हो । 

त्यसो त्यस्तो घटना हो जसमा ३५ आरोपीमध्ये जम्मा ५ जनामाथि मात्र आरोप लागेको छ । 

तिनीहरुमा श्याम बाबु, भीखा, विश्वनाथ, पोशा र राम सिंह हुन् । राम सिंहको गएको १३ फेब्रुअरीमा जेलमा मृत्यु भएको छ । पोशा अझै जेलमै छ भने तीन आरोपी जमानतमा छन् । 

यो घटनामा ६ जनालाई साक्षी बनाइएकामा २ जना मात्र जिवित छन् । 

किन फूलन बनिन् बेन्डिट क्वीन  
फूलनका बाबुको ४० बिघा जमीनमा चाचाले कब्जा जमाए । ११ सालको उमेरमा फूलनले चाचासंग आफ्नो जमीन मागिन् । 

चाचाले फूलनमाथि डकैतीको मुद्दा दर्ता गराए । फूलनलाई जेल सजाय भयो । जब जेलबाट छुटिन् तब डाँकाहरुको समूहमा आइन् । 

दोस्रो ग्याङका मानिसहरुले फूलनमाथि सामूहिक बलात्कार गरे । यसको बदला लिनका लागि फूलनले बेहमईमा २२ जनालाई गोली हानेर मारिन् । 

यो घटनापछि फूलनदेवी बेन्डिट क्वीनका नामले चिनिन थालिन् । 

महेशपुर गाउँमा फूलनका पहिलो श्रीमान पुत्तिलाल बस्छन् । करिब ८० वर्षका उनलाई फूलनको सम्पत्तिको आशा अझै छ । जब फूलनको हत्या भयो तब उम्मेद सिंह र पुत्तिलालले सम्पत्तिका लागि पति भएको दावीसहित अदालत गएका थिए । 

त्यो सम्पत्ति अझै पुत्तिलालले पाएका छैनन् । कूल ११ करोड भारुको सम्पत्तिमाथि दावी गरिएको छ । पुत्तिलालकी एक पत्नीको मृत्यु भइसकेको छ । फूलन त्यहाँबाट गएकी थिइन् । हाल एक पत्नी छिन् । 

१९६३ को अगष्ट १० मा जन्मिएकी फूलनदेवीको सन् २००१ को जुलाई २५ मा हत्या भएको थियो । फूलनले सन् १९८१ मा आत्मसमर्पण गरेकी थिइन् । 

उनी सांसद पनि बनेकी थिइन् । 

उनको नाममा बेन्डिट क्वीन फिल्म नै बनेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ