arrow

रोनाल्डोको ह्याट्रिक

logo
प्रकाशित २०७६ पुष २२ मंगलबार
ronaldo55.jpg

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले फराकिलो जित निकालेको छ ।

सोमबार घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले काग्लियारीलाई ४–० गोल अन्तरले पराजित गरेको हो । युभेन्ट्सलाई जित दिलाउन रोनाल्डोले ह्याट्रिक गरे। यस्तै एक गोल गोन्जालो हिगुईनले गरे ।

खेलको ४९ औं मिनेटमा रोनाल्डोले पहिलो गोल गरे । ६७ औं मिनेटमा पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै रोनाल्डोले युभेन्ट्सलाई २–० को अग्रता दिलाए ।

८१ औं मिनेटमा हिगुईनले गोल गर्दै घरेलु टोलीको अग्रता ३–० को बनाए ।

त्यसको एक मिनेटमै रोनाल्डोले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गर्दै युभेन्ट्सलाई फराकिलो जित दिलाए ।  

योसँगै रोनाल्डोले वर्षको पहिलो ह्याट्रिक गरे । रोनाल्डोको यो करियरको ५६ औं ह्याट्रिक समेत हो । उनी युरोपको शीर्ष तीन लिग प्रिमियर लिग, ला लिगा र इटालियन सिरी ए मा ह्याट्रिक गर्ने दोस्रो खेलाडी समेत बनेका छन् ।

अन्य खेलको नतिजा
बोलोग्ना १–१ फियोरेन्टिना
एसी मिलान ०–० साम्पडोरिया
एटलान्टा ५–० पर्मा 
लिस ०–१ युडिनेस
नापोली १–३ इन्टरमिलान 

अंक तालिका
१७ खेलबाट समान ४५ अंकमा रहेको इन्टर मिलानले युभेन्टसलाई गोल अन्तरमा पछाडि पार्दै शीर्ष स्थानमा पुगेको छ । ३९ अंकको लाजियो तेस्रो स्थानमा छ । रोमा ३५ अंकबाट चौथो स्थानमा छ । एटलान्टा ३४ अंकबाट पाँचौं स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ