arrow

अर्थमन्त्री डा खतिवडा हट्ने खुशीमा बढ्यो सेयरबजार 

नदोहोरिने पक्का छैन, नेकपाको नीतिमा भर पर्छ

logo
प्रकाशित २०७६ पुष २२ मंगलबार
yubraj-khatiwada-finnce-minister.JPG

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार भएसंगै सेयरबजार निराशाजनक स्थितिमा छ । अर्थमन्त्री बनेका अर्थविद् एवं पूर्व गभर्नर युवराज खतिवडा त झनै अनुदार नै रहे । 

उनी पटक पटक सेयर कारोवारमा अनुदार नीति लिएर प्रस्तुत भए । त्यसकै असरले गर्दा सेयर कारोबार डामाडोल भयो । कसैले पनि लगानी गर्ने वातावरण रहेन । 

कसैले उनी कति समयसम्म टिक्लान् र ? भन्दै लगानी गरिरहे भने कतिपयले खतिवडाले पाँच वर्षसम्मै सरकारमा रहने छन् अब लगानी थप्नुहुन्न घटाउनु पर्छ भन्दै सेयर बेचे पनि । 

तर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले नीति बदलेपछि खतिवडा हट्ने खुशीमा एकाएक सेयर कारोबार बढेको छ । राष्ट्रियसभा सदस्य रहेका खतिवडाको दुईवर्षे कार्यकाल फागुनमा सकिँदै छ। 

नेकपाले राष्ट्रियसभामा यसअघि प्रतिनिधित्व गरेकालाई नदोहोर्‍याउने निर्णय गरेसँगै सेयरबजारमा सकारात्मक प्रभाव परेके हो । 

खतिवडा उम्मेदवार बनेनन् । उनको मन्त्री पद गुम्ने चर्चाको प्रभाव सेयरबजारमा परेको हो। खतिवडालाई सांसद नबनाइएमा उनको मन्त्री पद ६ महिनापछि स्वतः सकिनेछ ।

सेयरबजारमा यो ट्रेन्ड

आइतबार र सोमबार सेयर बजार लगातार बढेको छ। चार महिनापछि नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक १२ सय अंकमा पुगेको छ। 

गत भदौ १० गते १२०८ अंकबाट झरेपछि पहिलोपटक सोमबार १२००.६९ अंक पुगेको छ । आइतबार नेप्से परिसूचक ११८२.४३ थियो।

सोमबार मात्रै नेप्सेमा ८४ करोड २५ लाख ८२ हजार रुपैयाँको व्यापार भएको छ। 

२०७४ फागुन १४ गते अर्थमन्त्री बनेका खतिवडाले सेयरबजारलाई अनुत्पादक क्षेत्रका रूपमा व्याख्या गर्दै आएका छन् ।

यस्तै उनले सेयर कारोबार मूल्यमा पुँजीगत लाभ कर लगाउने विवादास्पद निर्णयको विरोधमा सेयर लगानीकर्ताले २०७५ जेठ २२ मा कारोबार ठप्प बनाएका थिए । 

तर ओली सरकारले भने जनतालाई सेयरमा लगानी गर्नका लागि उत्साह थप्न आफूहरुले पनि लगानी गरिरहेको चर्चा गर्दै आएका छन् । प्रधानमन्त्री ओलीले त्रिशुली जलविद्युतमा त पहिलो सेयर भरेरै अर्थमन्त्रीको भनाइलाई निरर्थक बनाए । 

तर त्यो व्यवहारमा सफल भइरहेको छैन । 

खतिवडा नदोहोरिने हुन् त ? 
नेकपाभित्र अर्थविद्का रुपमा कुनै सांसद नभएको विश्लेषणसहित ओलीले खतिवडालाई रोजेका थिए । पूर्व गभर्नरसमेत रहेका खतिवडा ‘बेस्ट’ पात्र हुने दावी ओलीको थियो । 

अनि उनी राष्ट्रपतिबाट मनोनीत राष्ट्रियसभा सदस्य बन्न सफल भए । पहिले मनोनित भइसकेकाले उनी उम्मेदवारका रुपमा आउने सवाल कमै थियो । 

तर उनलाई राष्ट्रपतिबाट मनोनीत गरिने सिटमा नल्याइएला भन्ने छैन । किनकि नेकपाले अर्को व्यक्ति तैनाथ गरेको छैन । 

अब आर्थिक बजारले नै नरुचाएका मन्त्रीलाई दोहोर्‍याउँदा पर्न सक्ने असर ओली सरकारले बुझेको हुनुपर्छ । त्यसैले पनि नेकपालाई नैतिक दवाव छ । 

१९ जना राष्ट्रियसभा सांसदको पदावधि फागुनमा सकिँदैछ । १८ जनाको निर्वाचन हुन्छ भने एक जना राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनीत गर्नेछिन् । 

खतिवडा भाग्यमानी बन्लान् वा सेयर लगानीकर्ता त्यो त नेकपाको कदमले नै तय गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ