फुडमान्डुसँग एनआईसी एशियाको बैंकिङ्ग साझेदारी, डिजिटल भुक्तानीमा ३० प्रतिशत छुट
प्रकाशित २०७६ पुष २२ मंगलबार
1k
Shares
काठमाडौं। फुडमान्डु प्रालिको अनलाइन फुड फेस्टिभल २०२० मा एन आई सी एशिया बैंक लिमिटेड बैंकिङ्ग साझेदार रहने सहमति भएको छ।यस अन्तर्गत अनलाइन फुड फेस्टिभल २०२० मा बैंकको मोबाईल बैंकिङ्ग एप प्रयोग गरी क्यूआर मार्फत् भुक्तानी गर्दा बैंकका ग्राहकले ३० प्रतिशत छुट पाउन सक्ने बैंकले जनाएको छ।
यो अफर पुस २१ गते सोमबारदेखि पुस २७ गतेसम्म लागु हुने बैंकले जनाएको छ । उक्त साझेदारी अनुसार बैंकका ग्राहक महानुभावले फुडमान्डुबाट आफुलाई ईच्छा लागेको खानेकुरा अर्डर गर्दा मोबाइल बंैकिङ्ग प्रयोग गरी भुक्तानी गर्न सक्ने विज्ञप्ति जारी गरी बैंकले जनाएको छ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बैंकले जनाएको छ। करिब २० लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन्। उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।