arrow

'भिनाजु' भनेका करण जौहरसँग अजय देवगनले सालीको भागबन्डा खोजेपछि...

logo
प्रकाशित २०७६ पुष २२ मंगलबार
ajaya-kajol.jpg

काठमाडौं । बलिउड अभिनेता अजय देवगन र अभिनेत्री काजोल आफ्नो आगामी फिल्म 'तानाजी: द अनसंग वारियर' को प्रचारमा व्यस्त छन्।  फिल्ममा अजय देवगन र काजोल लगायत अभिनेता सैफ अली खान पनि मुख्य भूमिकामा देखा पर्नेछन्। 'तानाजी' मा अजय देवगन र काजोलले दमदार अभिनय गरेका छन् ।

हालै दुबै कलाकारहरू कपिल शर्माको शोमा देखा परेका थिए । जहाँ कपिलले अजयलाई पुरानो किस्सा सुनाए। अजय देवगन भन्दा पहिले अभिनेत्री काजोल कपिलको शोमा फिल्म निर्माता तथा उनको घनिष्ठ मित्र करण जौहरसँगै देखा परेकी थिइन्। कार्यक्रममा आउँदा कपिलले करणलाई प्रश्न गरेका थिए ।

कपिलले उनलाई सोधेका थिए ' सुनिन्छ काजोलका श्रीमान् अजय देवगनलाई तपाई भिनाजु भन्नुहुन्छ।' यस प्रश्नको जवाफ दिँदै करण जौहरले भनेका थिए, 'मैले अहिलेसम्म त भनेको छैन, तर यो राम्रो आइडिया हो , अब म भोली बिहान सन्देश पठाउनेछु 'अजय भिनाजु ' लेखेर ।

अब त्यहि कुरा कपिल शोमा पुगेका अजय देवगनलाई कपिल शर्माले करण जौहरको उही पुरानो भिडियो क्लिप देखाउदै सोधे- करण जौहरले तपाईंलाई भिनाजु भन्न सुरू गरे?'

कपिलको यस प्रश्नमा, अजय देवगनले  जवाफ दिदै भने, ' यो अलिक प्राविधिक रूपमा भन्नलाई गडबड हुनेछ।' यो सुनेर काजोलले अजयलाई चुपचाप बस्न इशारा गरिन् तर कपिल शर्माले  सोधे, 'मतलब .. कसरी ??'

अजयले भने, 'मतलब सालि आधा घरवाली हुन्छ नि ।' यो सुनेर त्यहाँ बसिरहेका दर्शकहरू हाँस्न थाले।

डिसेम्बर २०१८ मा अजय देवगन र करण जौहरबिच दूरी बढेको थियो । दुवैल एक अर्काको बिरूद्ध बयान जारी गरेका थिए । कारण अजय देवगनको फिल्म 'शिवाय' र करण जौहरको 'ऐ दिल है मुश्किल' थियो।

सो समय करण र अजय बीच चलचित्रहरुमा झगडा यति धेरै बढेको थियो कि दुबै खुलमखुल्ला मैदानमा उत्रिएका थिए । वास्तवमा 'शिवाय' र करण जौहरको 'ऐ दिल है मुश्किल' बक्स अफिसमा भिडन्त भइरहेको थियो।

करण जौहरको चलचित्र 'ऐ दिल मुश्किल' र अजय देवगनको 'शिवाय' एकै दिन रिलिज भएको थियो । अजय देवगनले करणले कमाल आर खानलाई उनको बारेमा अश्लिल  ट्वीट गर्न घुस खुवाएको आरोप लगाएका थिए । करणले कमल आर खान अर्थात केआरकेलाई 'शिवाय' माथि घात गर्न २५ लाख दिएको अजय देवगनले करण जौहरमाथि आरोप लगाए।

करण जौहरले आफ्नो बायोग्राफीमा काजोल र उनबीचको सम्बन्धमा धेरै कुराको खुलासा गरिसकेका छन् । करणले काजलसँगको सम्बन्ध पहिले जस्तो नरहने प्रस्ट बताएका थिए । पत्रकारले करणसँग भएको कन्ट्रोभर्सीको बारेमा प्रश्न गरेका थिए । प्रश्नको उत्तरमा काजोलले भनेकी थिइन् , "मलाई लाग्छ सम्बन्ध साँच्चै एकदम मुश्किल हुन्छ । मसँग बलिउडको बारेमा भन्न केहि छैन । साथै करणसँग जे भयो म त्यसमा पनि केहि भन्न चहान्न ।" काजलको यस भनाइबाट उनि करणको बिषयमा कुरा गर्न नचहाने प्रस्ट हुन सकिन्छ ।
 
करणले आफ्नो बायोग्राफी 'द अनसूटेबल ब्वाय' मा  काजलसँग बिताएको २५ बर्षिय सम्बन्धको बिषयमा लेखेका छन् । उनले भारतका वरिष्ठ पत्रकार वीर सांघवीलाई दिएको एक अन्तर्वार्तामा उनको र काजोल बीचको सम्बन्ध सधैका लागि बन्द भएको बताएका थिए  । उनि सो सम्बन्धमा दरार काजोल श्रीमान् अजयलाई दोषि ठहर्छन् ।

यस पछि करण जौहर र अजय देवगन बीच केही समयको लागि विवाद भयो। यद्यपि करण जौहर र अजय देवगन बीचको अहिले आएर सकिएको छ ।

'तानाजी' फिल्म १० जनवरीमा रिलीज हुदैछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ