arrow

सुलेमानीको शवयात्रामा कम्तीमा ४० को मृत्यु

१९० जना घाइते

logo
प्रकाशित २०७६ पुष २२ मंगलबार
sulemani.jpg

इरान । इरानी विशेष सुरक्षा बलका प्रमुख जनरल कासिम सुलेमानीको शवयात्राका क्रममा इराकको दक्षिणपूर्वी शहर केरमानमा भागदौड मच्चिँदा कम्तीमा ४० जनाको मङ्गलबार मृत्यु भएको इरानी राष्ट्रिय टेलिभिजनले जनाएको छ । उक्त घटनामा कम्तीमा १९० जना घाइते भएका बताइएको छ ।

“दुर्भाग्यवस, शवयात्राका क्रममा अत्यधिक भीड भई भागदौड मच्चिँदा कम्तीमा हाम्रा ४० नागरिकले ज्यान गुमाएका छन् भने १९० जना घाइते भएका छन्,” इरानको आपतकालिन सेवा प्रमुख पिरहोसेन कुलिभण्डले उक्त टेलिभिजन च्यानललाई बताए।

उक्त घटनामा घाइते भएका सबैजनालाई उपचारका लागि तत्काल स्थानीय अस्पतालमा पठाइएको छ ।

 कर्मानस्थित एएफपीका संवाददाताले दिएको जानकारी अनुसार दक्षिणपूर्वी शहर केरमानका सडकहरूमा इरानका रिभोलुसनरी गाडर्सका प्रमुख कमाण्डर सुलेमानीको अन्त्येष्टिका लागि शवयात्रा गर्ने क्रममा हजारौँको सङ्ख्यामा उपस्थित शुभचिन्तकहरूले खचाखच भरिएका थिए ।

शवयात्राका लागि केरमान पुगेका इरानीहरू सहरमा नअटाएपछि नजिकका पहाडहरूमा पुगेर भएपनि सुलेमानीप्रति अन्तिम सम्मान अर्पण गरेका उक्त सरकारी टेलिभिजनबाट प्रसारण गरिएका श्रव्यदृष्यमा देखाइएको थियो ।

इरानी जनताबीच गाडर्सको क्विद बलका सुप्रसिद्ध कमाण्डर रहेका सुलेमानीलाई इराकको राजधानी बग्दादस्थित एक अन्तर्राष्ट्रिय विमानस्थल नजिकै अमेरिकी सेनाले ड्रोनमार्फत गरेको आक्रमणमा गत शुक्रबार मारिएको थियो । सुलेमानीको मृत्युले इरान शोकमा डुबेको छ भने अमेरिकी आक्रमणको बदला लिने इरानी अधिकारीले बताइसकेका छन् ।

इरानको राजधानी तेहरानका साथै दक्षिण–पश्चिमी शहर अवाज, कुम र मशहादका सहरहरूमा सुलेमानको मृत्युपछि शोक जुलुस (शवयात्रा) निकालिएको थियो भने मङ्गलबार अपरान्ह् केरमानमा इस्लाम धर्मअनुसार उनको अन्त्येष्टि गरिने कार्यक्रम रहेको थियो । शवयात्राका क्रममा भएको मानवीय क्षतिपछि अन्त्येष्टि कार्यक्रमसमेत तत्कालका लागि रोकिएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ