arrow
ADVERTISEMENT

निर्भयालाई करणी गरि हत्या गर्ने ४ जनालाई ७ बर्षपछि फासी हुँदै, जनवरी २२मा फासी दिइने 

logo
प्रकाशित २०७६ पुष २२ मंगलबार
Delhi-gang-rape-accused.gif

काठमाडौं। भारतको नयाँ दिल्लीमा ७ बर्ष अघी बलात्कार पछि हत्या गरिएकी 'निर्भया' का दोषीहरुलाई  जनवरी २२ मा फाँसी दिनेगरि डेथ वारेन्ट जारी भएको छ।

जनवरी २२ को विहान ७ वजे फाँसी दिने गरि दिल्लीस्थित एक अदालतले आदेश दिएको हो। 

'निर्भया' हत्याराका दोषीहरुलाई  तिहाड जेलमा फासी दिइने छ। अदालतले जारी गरेको डेथ वारेन्ट मंगलबार नै जेल प्रसासनलाई पठाइएको छ। 

निर्भया प्रकरणका दोषीहरुलाई फास्ट ट्रयाक कोर्टबाट फाँसीको सँजाय भएपनि उच्च र सर्वोच्च अदालतमा दोषीहरुले हालेको पुनरावेदनका कारण केस लम्विएको थियो। त्यसयता पनि आममाफी मागेर दोषीका कानुन व्यवसायीहरुले कानुनी प्रक्रिया लम्वाएका कारण डेथ वारेन्ट आउन ढीलाई भएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन्। 

आजको अदालतको आदेश पछि पनि जेलमा रहेका 'निर्भया' का दोषीहरुका वकिलले क्युरेटिव अपिल भने गर्ने बताएका छन्। 

'निर्भया' का आमा आशादेवीले यो आदेशले महिला सुरक्षाको विषयले प्रत्याभुत हुने बताइन। उनले यस्ता खालको अपराध गर्नेहरुलाई यो आदेशले डर पैदा गर्ने बताइन। 

निर्भयाको हत्या भएको ७ बर्ष २० दिन पछि अदालतको यो आदेश आएको हो। सन् २०१२ डिसेम्वर १६ मा निर्भयालाई उनका साथीसँगै अपहरण गरि दिल्लीमा एक बसभित्र सामुहिक बलात्कार गरि हत्या गरि फालेका थिए। 

बलात्कारमा संलग्न पवन गुप्ता, विनय शर्मा, अक्षय ठाकुर र मुकेश सिंहलाई फाँसीको आदेश भएको हो। एक मुख्य आरोपीले पहिले नै आत्महत्या गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ