arrow

भारत श्रीलंकासंग ७ विकेटले विजयी, कोहलीको कीर्तिमान 

logo
प्रकाशित २०७६ पुष २३ बुधबार
kohli6.jpg

काठमाडौं । श्रीलंकाविरुद्धको दोस्रो टी–२० क्रिकेटमा भारतले जित निकालेको छ । इन्डोरमा मंगलबार राति सम्पन्न खेलमा भारतले श्रीलंकालाई ७ विकेटले हराएको हो । पहिलो खेल वर्षाले रद्द भएकाले भारतले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ।

श्रीलंकाले दिएको १ सय ४३ रनको विजयी लक्ष्य भारतले १७.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

ओपनर लोकेश राहुलले ४५ रन बनाए । यस्तै श्रेयस आयरले ३४, शिखर धवनले ३२ र कप्तान विराट कोहलीले १७ बलमा नटआउट २४ रनमा नटआउट रहे । वाविन्दु हसरंगाले २ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ९ विकेटको नोक्सानीमा १ सय ४२ रन बनाएको थियो ।

कुशल परेराले सर्वाधिक ३४ रन बनाएका थिए । सार्दुल ठाकुरले ३ विकेट लिए । नभदिप सैनी र कुलदिप यादवले २–२ विकेट लिए ।

सैनी म्यान अफ द म्याच भए । 

कोहलीको कीर्तिमान
कोहलीले कप्तानका रुपमा टी–२० मा १००० रन पूरा गरेका छन् । त्यस्तै टी–२० मा सबैभन्दा बढी रनको कीर्तिमान पनि कोहलीको नाममा रहेको छ । 

उनले र रोहित शर्माले यसअघि २६३३ समान रन बनाएकामा कोहलीले अहिले २४ रन जोडेपछि उनको जम्मा रन २६५७ रन भइसकेको छ । 

तेस्रो तथा अन्तिम टी–२० खेल १० जनवरी शुक्रबार पुणेमा हुने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ