arrow

सिटीले ‘म्यानचेस्टर डर्बी’मा बाजी मार्‍यो 

logo
प्रकाशित २०७६ पुष २३ बुधबार

काठमाडौं । इंगलिश काराबाओ कप फुटबल इएफएलमा म्यान्चेस्टर सिटी विजयी भएको छ ।

म्यान्चेस्टर डर्बीको खेलमा म्यान्चेस्टर युनाइटेडमाथि ३–१ गोल अन्तरले जित निकालेसंगै सिटी फाइनल नजिक पुगेको छ । 

युनाइटेडको मैदानमा भएको सेमिफाइनल पहिलो लेगको खेलमा जित निकालेसंगै सिटी फाइनल नजिक पुगेको हो ।

बर्नार्डो सिल्भा र रियाद माहारेजले सिटीका लागि एक एक गोल गरे । 

घरेल मैदानमै म्यानचेस्टर युनाइटेडका परेराले आत्मघाती गोल गरेका थिए ।

युनाइटेडका लागि मार्कस रास्फोर्डले सान्त्वना गोल फर्काए ।

सेमिफाइनलको दोस्रो लेगको खेल जनवरी २९ तारिखमा म्यानचेस्टर सिटीको मैदानमा हुनेछ ।

दोस्रो सेमिफाइनलको खेलमा बुधबार लेस्टर सिटी र एस्टन भिल्ला खेल्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ