arrow

वीरेन्द्र कनौडियाको महालक्ष्मी सुगर मिल सञ्चालनमा

logo
प्रकाशित २०७६ पुष २३ बुधबार
Godaita_Nagarpalika.png

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–६ बगदहमा रहेको महालक्ष्मी सुगर मिल सञ्चालन आउने भएको छ  ।

किसानलाई भुक्तानी गर्नुपर्ने गत वर्षको बक्यौता रकम मिल सञ्चालक वीरेन्द्र कनौडियाले मङ्गलबार बैंकमा जम्मा गरिदिएपछि बुधबारदेखि सञ्चालनमा आउन लागेको हो । 

सञ्चालक कनौडियाले रु ११ करोड २६ लाख भुक्तानीका लागि बैंकमा जम्मा  गरिदिएका थिए । गोडैता नगरपालिका प्रमुख देवेन्द्रकुमार यादवले सञ्चालकले किसानको पाउनुपर्ने रकम जम्मा गरिदिएपछि मिल सञ्चालनमा आउने जानकारी दिए । 
 
सो मिलले किसानको करीब रु २१ करोड बाँकी भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ ।

“किसानको खातामा बुधबारदेखि पैसा भुक्तानी हुन्छ”, उनले भने, “किसानको खातामा पैसा राख्ने भएपछि उद्योग पनि आजदेखि  सञ्चालन हुन्छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ