arrow

राष्ट्रपति पुटिन र असदबीच सिरियामा भेटवार्ता

logo
एएफपी,
प्रकाशित २०७६ पुष २३ बुधबार
putin-sirya.jpg

दमास्कस। रूसी नेता भ्लादिमिर पुटिन र सिरियाली राष्ट्रपति बसर अल–असदबीच मङ्गलबार राजधानी दमास्कसमा भेटवार्ता भएको छ। नेता पुटिन सिरियामा युद्ध जारी भएको नौ वर्षपछि पहिलो पटक दमास्कस पुगेका हुन्। भ्रमणका बिषयमा यस पहिले सार्वजनिक गरिएको थिएन।

रूसी राष्टपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति पुटिनले सिरियाली समकक्षी अल–असदसँग दमास्कसस्थित रूसी सेनाको कार्यालयमा भेट गर्नुभएको छ ।” नेता पूटिनले सिरियामा जारी द्वन्द्व अब धेरै नरहने विश्वास आफूलाई लागेको पाएको उनका प्रवक्ता दिमित्री पेश्कोभले सञ्चारमाध्यमलाई बताए।

सिरियाको भूमिलाई केन्द्र सरकारको नियन्त्रणमा ल्याउने बृहत् यात्रा अब करिब अन्त्यतिर पुगेको असदले पुटिनलाई बताएको रूसी सञ्चारमाध्यमले उल्लेख गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ