arrow

लिभरपुल यूरोपा लिगको सेमिफाइनलमा, एथ्लेटिक बिल्वाओ बाहिरियो

logo
प्रकाशित २०७३ वैशाख ३ शुक्रबार
liverpool-new-u.jpg.jpeg
एजेन्सी । इङ्गलिश क्लब लिभरपुल जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई हराउँदै यूरोपा लिग फुटबलको सेमिफाइनलमा पुगेको छ । घरेलु मैदानमा भएको क्वार्टरफाइनल दोस्रो लेगको खेलमा ४–३ को जित निकाल्दै लिभरपुल सेमिफाइनलमा पुगेको हो । यसअघि, बोरुसियाको मैदानमा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । लिभरपुल समग्रमा ५–४ ले विजयी भयो ।
 
बोरुसियाले खेलको सुरुवाती ९ मिनेटमै २–० को अग्रता लिएपनि दोस्रो हाफपछि लिभरपुलले उत्कृष्ट पुनरागमन गर्यो । लिभरपुलको जितका लागि डिभोक ओरीजी, फिलिप कौटिन्हो, मामाडु साखो र डेजान लोभ्रेनले एक–एक गोल गरे । बोरुसियाका लागि हेन्रिक मख्तरीयान, पिर्रे औबामायङ र मार्को रिउसले एक–एक गोल गरेका थिए ।
 
यस्तै यूरोपा लिगका अन्य खेलमा आफ्नै होम टाउनको एथ्लेटिक बिल्वाओलाई पेनाल्टी सुट आउटमा हराउँदै स्पेनिश क्लब सेभिया सेमिफाइनलमा पुग्यो । उता, पोर्चुगिज क्लब ब्रागालाई ६–१ ले हराउँदै युक्रेनको शख्तर डोनेत्स्क अन्तिम चारमा पुग्दा चेक क्लब स्पार्टा प्रागलाई ६–३ ले हराउँदै स्पेनिश क्लब भियारियलले समेत सेमिफाइनलमा यात्रा तय गरेको छ । यो संगै यूरोपा लिगको सेमिफाइनल समीकरण पूरा भएको छ । 
 
Lovren's goal sparked phenomenal scenes inside Anfield as Liverpool somehow found a way back against Dortmund
 
Mamadou Sakho (left) and Lovren, Liverpool's final two scorers to get them over the line, celebrate victory at Anfield
 
The full-time whistle sparked jubilant scenes from the Liverpool team, with Jurgen Klopp celebrating with match-winner Lovren
 
Liverpool shake hands with the Dortmund players after somehow finding a way to win the quarter-final against the German side
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ