arrow

[अपडेट] इरानमा बोइङ ७३७ दुर्घटनामा सवार सबैको मृत्यु, घटना रहस्यमयी

मलेसिया एयरलाइन्सले इरानको स्पेश प्रयोग नगर्ने

logo
प्रकाशित २०७६ पुष २३ बुधबार

काठमाडौं । इरानमा बोइङ ७३७ युक्रेनी जहाज दुर्घटना हुँदा सवार सबैको मृत्यु भएको छ । 

बोइङ ७३७ इरानको राजधानी तेहरानको इमाम खोमेनी एयरपोर्टबाट युक्रेनको राजधानी किभ जाँदै थियो । उडान भरेको तीन मिनेटमै विमान दुर्घटना भएको थियो ।

उडान भरेको तीन मिनेटमै विमान दुर्घटना भएको थियो । जहाजमा १८० यात्रु सवार रहेको प्रारम्भिक सूचना दिइएको थियो । तर पछि १६७ यात्रु र चालक दलका ९ गरी १७६ जनाको मृत्यु भएको जनाइएको छ । 

उड्डयन विभागको एक टिम तुरुन्तै घटनास्थलमा गएको इरानी फोर्स न्यूज एजेन्सीले जनाएको छ । 

फ्लाइट राडार २४ वेबसाइट एयरपोर्टको तथ्यांकका अनुसार बोइङ ७३७–८०० विमानले स्थानीय समय अनुसार बुधबार बिहान ५ः१५ बजे उडान भरेको थियो । 

तर त्यो विमान ६ः१२ मा मात्र उडेको थियो । उडेको केही समयमै फ्लाइटले डेटा पठाउन छाडेको थियो । 

घटना रहस्यमयी
यो दुर्घटनाको घटना रहस्यमयी बनेको छ । इरानी संचारमाध्यमहरुले प्राविधिक गढबडी भनिरहेका छन् भने विदेशी संचारमाध्यमहरुले अमेरिका इरान तनावको रुप भएको हुन सक्ने आशंका गरेका छन् । 

एयरलाइन्सले अहिलेसम्म कुनै पनि बयान जारी गरेको छैन। 

यो दुर्घटना कसरी भयो भन्ने खुलेको छैन । अमेरिका र इरानबीच तनाव बढिरहँदा त्यसकै असर यो दुर्घटनामा परेको त हैन ? भन्ने प्रश्नसमेत उब्जिएको छ । 

इरानले यो घटना हुनुभन्दा केही घण्टा पहिले इराकस्थित अमेरिकी सैन्य क्षेत्रहरुलाई निशाना बनाएको थियो । 

मलेसिया एयरलाइन्सले भने यसै खतरालाई मुल्यांकन गर्दै इरानी एयर स्पेस भएर नउड्ने निर्णय गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ